सोमबार आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा
सारांश
- नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ।
- उपचारमा लापरबाही गर्ने स्वास्थ्य संस्था र डाक्टरलाई क्षतिपूर्ति भराउने फैसलाको विरोध गर्दै आन्दोलन सुरु भएको हो।
- संघले विभिन्न कार्यक्रम घोषणा गरेको छ, जसमा धर्ना र प्रमाणपत्र बुझाउने कार्यक्रम रहेका छन्।
काठमाडौँ । नेपाल चिकित्सक संघले सोमबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेको छ ।
उपचारमा लापरबाही गर्ने स्वास्थ्य संस्था र डाक्टरहरूलाई उपभोक्ता अदालतले क्षतिपूर्ति भराउने फैसला गरेसँगै त्यस्तो फैसलालाई नै चुनौती दिँदै चिकित्सक संघ आन्दोलित बनेको हो ।
संघका महासचिव डा सञ्जीव तिवारीले शुक्रबार जारी गरेको विज्ञप्तिका अनुसार आफूहरूको मागका सम्बन्धमा शुक्रबार संघका कार्यालयहरूमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ ।
यस्तै आइतबार कार्यस्थलमा एक घण्टा धर्ना दिने, २४ गते नेपाल मेडिकल काउन्सिललाई आफूहरूको प्रमाणपत्र बुझाउने विज्ञप्तिमा उल्लेख छ । संघको अगुवाइमा भएका आन्दोलनमा स्वास्थ्यसँग सम्बन्धित विभिन्न ९ वटा संघसंस्थाले ऐक्यबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण