भक्तपुरमा २३ वर्षीया युवतीमाथि जबरजस्ती करणी, युवक पक्राउ
शनिबार, २१ असार २०८२, १६ : ५८
सारांश
- भक्तपुरमा २३ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा सिन्धुलीका २४ वर्षीय तिलक घिसिङ रहेका छन्, जसलाई चाँगुनारायणबाट पक्राउ गरिएको हो।
- प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ र युवतीको उजुरीको आधारमा कारबाही अघि बढाएको छ।
भक्तपुर । भक्तपुरमा २३ वर्षीया एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका-१२ घर भई हाल काठमाडौँ नक्साल बस्ने २४ वर्षीय तिलक घिसिङ रहेका छन्।
घिसिङले चाँगुनारायण नगरपालिका-७ बागेश्वरीमा असार ४ गते ती युवतीलाई जबरजस्ती करणी गरेको भन्दै उजुरी परेको थियो। यसै उजुरीका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार साँझ पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण