बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

प्रि-डिप्लोमा तहको निःशुल्क छात्रवृत्तिका लागि आवेदन खुला

आइतबार, २२ असार २०८२, १४ : ००
आइतबार, २२ असार २०८२

सारांश

  • सीटीईभीटीले शैक्षिक सत्र २०८२/०८३ का लागि प्रि-डिप्लोमा तहमा निःशुल्क छात्रवृत्तिका लागि अनलाइन आवेदन खुला गरेको छ।
  • सरकारी वा सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थीहरूले साउन ११ गतेभित्र आवेदन दिन सक्नेछन्।
  • आवेदकले आफूले अध्ययन गर्न चाहेको कार्यक्रम, प्रदेश र शिक्षालय छनोट गर्नुपर्नेछ, र प्रतिस्पर्धा प्रदेश स्तरमा हुनेछ।

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०८२–०८३ का लागि प्रि-डिप्लोमा तहका विभिन्न कार्यक्रमहरूमा निःशुल्क छात्रवृत्तिका लागि अनलाइन आवेदन खुला गरेको छ। परिषद्को परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले आज एक सूचना प्रकाशित गर्दै आवेदन आह्वान गरेको हो।

सूचना अनुसार, सरकारी वा सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूले यो छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन्। इच्छुक तथा योग्य आवेदकहरूले परिषद्को परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक ITMS Online  प्रणालीमार्फत २०८२ साउन ११ गतेभित्र आवेदन फाराम भरिसक्नुपर्नेछ।

आवेदकहरूले अनलाइन फाराम भर्दा आफूले अध्ययन गर्न चाहेको कार्यक्रम, प्रदेश, र शिक्षालय छनोट गर्नुपर्नेछ। सूचनामा स्पष्ट गरिएअनुसार, एकजना आवेदकले कुनै एक प्रदेशको एउटा कार्यक्रमका लागि मात्र आवेदन दिन पाउनेछन्।

छात्रवृत्तिको प्रतिस्पर्धा प्रदेश स्तरमा हुने र योग्यताक्रम सूची पनि सोही अनुसार प्रकाशन गरिने परिषद्ले जनाएको छ।

222

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप