राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठान अध्यक्षमा थापा
आइतबार, २२ असार २०८२, ०९ : ५५
सारांश
- राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको अध्यक्षमा गायक नारायण थापा निर्विरोध निर्वाचित भएका छन्।
- उनको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ, जसमा विभिन्न पदमा पदाधिकारीहरू रहेका छन्।
- नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष लगायतका सदस्यहरू चयन भएका छन्।
काठमाडौँ । राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको अध्यक्षमा गायक नारायण थापा चुनिएका छन् । शनिबार सम्पन्न प्रतिष्ठानको दोस्रो साधारण सभाले उनलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
उनीसँगै सङ्घमा १५ सदस्यीय नयाँ कार्यसमिति समेत चयन भएको छ । जसको वरिष्ठ उपाध्यक्षमा दीपक शर्मा, सुजाता केसी, महासचिव सनम कठायत, सचिव रिता केसी सचिव चुनिएका छन् ।
त्यसैगरी बेनिश पौडेल महिला सचिव, प्रतीक्षा काफ्ले कोषाध्यक्ष छानिएको कार्यसमिति सदस्यहरूमा मनोज परियार, वीरेन्द्र सिंह भाट, कोपिला शिवाकोटी, पार्वती बम, गीता पाण्डे, सुभाष तिमसिना, प्रमोद डिजी र प्रज्वल राज भट्ट चयन भएका छन् ।
१७ सदस्यीय कार्यसमितिमा बाँकी २ सदस्य भने नयाँ कार्यसमितिले चयन गर्नेछ । गायक सङ्गीतकार राजेन्द्र बजगाई, गीतकार राजेन्द्र थापा लगायतको उपस्थिति कार्यक्रममा रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण