ट्राभल तथा टुर अपरेटरहरूको साझा संस्था सोटो नेपालमा नयाँ नेतृत्व
सारांश
- सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स (सोटो) नेपालको नयाँ नेतृत्व चयन भएको छ।
- फारवेस्ट ट्राभल एण्ड टुर्स प्रालिका मानबहादुर शाहीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो।
- नवनिर्वाचित कार्यसमितिमा प्रथम उपाध्यक्ष दिनेश बस्नेत लगायत अन्य सदस्यहरु रहेका छन्।
काठमाडौँ । नेपालका ट्राभल तथा टुर अपरेटरहरूको साझा संस्था सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स (सोटो) नेपालको नयाँ नेतृत्व चयन गरिएको छ । फारवेस्ट ट्राभल एण्ड टुर्स प्रालिका सञ्चालक तथा सुदूरपश्चिमका पर्यटन व्यवसायी मानबहादुर शाहीको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरिएको हो ।
‘समृद्ध पर्यटनका लागि सामूहिक आवाज’ मूल नारासहित शनिबार काठमाडौँमा आयोजित साधारणसभाबाट शाही नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
नवनिर्वाचित कार्यसमितिमा प्रथम उपाध्यक्ष दिनेश बस्नेत, दोस्रो उपाध्यक्ष माधव कँडेल, महासचिव कुमार पराजुली, सचिव कमलबहादुर मगर, कोषाध्यक्ष मधुसुदन नेपाल, सहकोषाध्यक्ष आनन्दकुमार क्षेत्री रहेका छन्। कार्यसमिति सदस्यहरूमा बिन्दु प्रधान, ओम जोशी, दासुराम गौतम, अनिशा ज्ञवाली, सुवोध धिताल, प्रेमकुमार दनुवार र सुजीत यादव चयन भएका छन् ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष शाहीले सोटो नेपालको नेतृत्व गर्न पाउनु गौरवको विषय भएको बताए ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, सोटो नेपालका पूर्वअध्यक्ष तथा पर्यटन क्षेत्रमा योगदान पुर्याउँदै आएका विशिष्ट व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण