शिक्षा समिति बैठक सुरु, विद्यालय शिक्षा विधेयक पारित गर्ने कार्यसूची
आइतबार, २२ असार २०८२, १४ : ५०
सारांश
- संसदको शिक्षा समिति बैठक ढिलो गरी सुरु भयो, जसमा विद्यालय शिक्षा विधेयक पारित गर्ने कार्यसूची छ।
- समिति सभापतिले आजको बैठकबाट विधेयक पारित गर्ने जानकारी गराएका छन्।
- शिक्षक महासंघ ६०/४० मा सहमत भएको र विधेयक निर्माण राजनीतिक विषय भएको सदस्य श्यामलाल घिमिरेले बताए।
काठमाडौँ । संसद्को शिक्षा समिति बैठक सुरु भएको छ। दिउसो १ बजेका लागि बोलाइएको बैठक ढिला गरी सुरु भएको हो ।
आजको बैठकमा विद्यालय शिक्षा विधेयक पारित गर्ने कार्यसूची रहेको छ। समिति सभापति अम्मर बहादुर थापाले आजको बैठकबाट विधेयक पारित गर्ने कार्यसूची रहेको समिति सदस्यहरूलाई जानकारी गराएका छन् ।
ययअघि असार १६ गतेको बैठकमा नै विधेयक पारित गर्ने कार्यक्रम थियो । तर, अन्तिममा शिक्षामन्त्री रघुजी पन्तले पारित गर्ने कार्यक्रम केही दिन पर सार्न अनुरोध गरेका थिए सोही अनुसार आजका लागि बोलाइएको हो ।
समिति बैठकमा बोल्दै समिति सदस्य तथा कांग्रेस प्रमुख सचेतक श्यामलाल घिमिरेले ६०/४० मा शिक्षक महासङ्घ सहमत भएको बताए । विधेयक निर्माण गर्ने विषय राजनीतिक विषय भएको उनको भनाइ छ। दलीय व्यवस्थामा दलीय नियन्त्रण हुने बताउँदै दलले भनेअनुसार हुने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण