मौद्रिक नीति लचिलो र संयमित आउनुपर्छ: पूर्वअर्थमन्त्री पुन
आइतबार, २२ असार २०८२, १५ : २९
सारांश
- पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारको वित्त नीति संकुचनकारी रहेको बताए।
- उनले मौद्रिक नीति लचिलो बनाउन र बैंक लगानीमा संयमता अपनाउन सुझाव दिए।
- सांसद पुनले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको भूमिका महत्त्वपूर्ण हुने बताए।
काठमाडौँ । पूर्वअर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले सरकारले लिएको वित्त नीति संकुचनकारी रहेको बताउँदै मौद्रिक नीति लचिलो बनाउन जरुरी रहेको बताएका छन् ।
आइतबार सिंहदरबारमा अर्थ समितिमा भएको बाफिया विधेयकमाथिको छलफलमा उनले पहिले लिइएको धेरै खुकुलो मौद्रिक नीतिले अर्थतन्त्रलाई लयमा आउन अहिलेसम्म पनि नदिएको बताए । उनका अनुसार त्यतिबेला संयमित हुन नसक्दा अहिलेसम्म समस्या निम्तिएको छ । अब संयमित हुने बेला आएको छ । संयमित भएर त्यस्तो नीति लिनुपर्छ ।
सांसद पुनले भने, ‘खासगरी अर्थतन्त्र चलयामान मजबुत बनाउने सरकारको वित्त नीतिले नै हो । तर यस वर्षको बजेट अलि पुरातनवादी आएको छ । बैंकहरुलाई जथाभाबी रूपमा लगानी गर्न दिएर जनताको पैसा डुब्न दिनुहुँदैन । सरकारको मौद्रिक नीति लचिलो तर संयमित आउनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण