क्रियाशील सदस्यताको व्यवस्थापनप्रति प्रवक्ता महत असन्तुष्ट
सारांश
- प्रवक्ता डा. प्रकाशशरण महतले क्रियाशील सदस्यताको नवीकरण र वितरण प्रभावकारी नभएको बताए।
- उनले महिला सङ्गठनलाई गाउँस्तरमा सशक्त बनाउनुपर्ने र नेतृत्व विकासको अभ्यास गर्नुपर्ने कुरामा जोड दिए।
- नेता महतले प्रदेश सरकारको नेतृत्वमा कमजोरी रहेको र प्रदेश संरचनाको प्रभावकारितामाथि प्रश्न उठाए।
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले क्रियाशील सदस्यताको नवीकरण र वितरण प्रभावकारी नभएको बताएका छन् । आइतबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा प्रवक्ता महतले क्रियाशील सदस्यता अभियानको कमजोर व्यवस्थापनप्रति असन्तुष्टि जनाएका हुन् ।
डा. महतले भने- ‘सक्रिय सदस्यता परम्परागत नेतृत्व सुरक्षित गर्ने नाममा घर–परिवारको सदस्य मात्र बढाइएको छ । यो प्रवृत्तिले साँचो कार्यकर्ता छुटेका छन् ।’
उनले पार्टीले महिला सङ्गठनलाई गाउँस्तरमा सशक्त बनाएर नेतृत्व विकासको अभ्यास गर्नुपर्ने बताउँदै भने– ‘विदेश गएका युवाहरूको अनुपस्थितिमा गाउँघरमा महिला नै प्रमुख शक्ति हुन् । महिला संगठनमार्फत कांग्रेसको वास्तविक जनाधार निर्माण गर्न सकिन्छ ।’
नेता महतले प्रदेश सरकारमा रहेका नेतृत्व तहका नेताहरूमा कमजोरी रहेको बताए । प्रदेश सरकारहरूमा नेतृत्वको कमजोरी रहेको उल्लेख गर्दै प्रदेश संरचनाको प्रभावकारितामाथि प्रश्न उनले उठाए ।
‘प्रदेशमा सिनियर नेताको अभाव छ । अराजकता बढेको छ । यदि यसरी नै गयो भने प्रदेश संरचना प्रति नै जनविश्वास हराउने खतरा छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण