बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्याज मनै पर्दैन ? छन् अनेक फाइदा

आइतबार, २२ असार २०८२, १६ : ०६
आइतबार, २२ असार २०८२

सारांश

  • काँचो प्याज खानुका अनेक फाइदाहरू छन्, जस्तै शरीर, छाला र कपालको लागि लाभदायक हुन्छ।
  • आयुर्वेद र आधुनिक विज्ञान दुवैले प्याजलाई स्वास्थ्यका लागि महत्त्वपूर्ण मानेका छन्, यसले विभिन्न रोगहरूमा फाइदा गर्छ।
  • प्याजमा पाइने एन्टीअक्सिडेन्ट र अन्य तत्वहरूले मुटुको रोग, क्यान्सर र मधुमेह जस्ता समस्याहरूमा मद्दत गर्छ।

काठमाडौँ । तपाई हामीमध्ये कतिपयलाई काँचो प्याजको वासना नै मन पर्दैन । कतिले चाहिँ सलाद, अचारमा वा त्यत्तिकै पनि काँचो प्याज खान्छौँ । काँचो प्याज खाँदाका अनेक फाइदा छन् । 

मानिसहरू प्रायः काँचो प्याज खाँदा हुने फाइदालाई बेवास्ता गर्छन् । यो तपाईंको शरीरको लागि मात्रै होइन छाला र कपालको लागि समेत धेरै लाभदायक छ । प्याज सजिलैसँग उपलब्ध हुन्छ; यो सस्तो र स्वस्थ पनि छ । त्यसैले यसलाई गरिबको औषधि पनि भन्छन् । आजको यस लेखमा हामी काँचो प्याज खानुका फाइदाबारे कुराकानी गर्नेछौँ–

आयुर्वेदमा यस्तो छ प्याजको महत्त्व

प्याजलाई वातसम्बन्धी रोगमा लाभदायक मानिन्छ । यसले शरीरको शक्ति र तागत बढाउँछ । तनाव र जोर्नीको पीडा पनि कम गर्दछ । आयुर्वेदअनुसार यसको नियमित सेवनले भोक, पाचन शक्तिमा सुधार आउँछ । यसले पुरुषहरूको स्पर्म काउन्टमा पनि सुधार गर्छ । कानको पीडामा ताजा प्याजको रस लाभदायक मानिन्छ । खोकी, दम र रुघाखोकी लागेको अवस्थामा पनि यो लाभदायक हुन्छ । नाकबाट हुने रक्तस्राव रोक्नका लागि पनि प्याजको रस उपयोगी हुन्छ । धेरैले प्याजलाई इम्युनिटी बढाउने वस्तु मान्दछन् । 

के भन्छ आधुनिक विज्ञान ? 

प्याजमा पाइने क्वेरसेटिन र सल्फर कम्पाउन्डजस्ता एन्टी अक्सिडेन्ट शरीरका लागि फाइदाजनक हुन्छन् । मुटुको रोग हटाउन पनि प्याज निकै फाइदाजनक हुन्छ । यसले रक्तचाप कम गर्छ, सुन्निएको कम गर्छ र कोलेस्ट्रोल नियन्त्रण गर्न पनि यो उपयोगी हुन्छ । यसले हृदयलाई स्वस्थ बनाउँदछ । प्याजले तपाईको हृदयलाई स्वस्थ राख्न मद्दत गर्दछ । क्यान्सरको जोखिम कम गर्न प्याज पनि सहयोगी मानिन्छ । यसमा पाइने  फ्लाभिनइडले क्यान्सर कोषहरूको विकास रोक्छ । यो विशेष गरी कोलोन र स्तन क्यान्सरविरुद्ध लाभदायक मानिन्छ । 

प्याजको रातो रङ्गमा पाइने एन्थोसाइनिन कम्पाउन्डले क्यान्सरसँग लड्न सहयोग पुर्‍याउँछन् । इन्सुलिन संवेदनशीलता बढाउने र कलेजोमा सुगर मेटाबोलिज्म सुधार गर्ने भएकोले मधुमेहका बिरामीका लागि पनि प्याज लाभदायक बताइन्छ । प्याज पेटको स्वास्थ्यको लागि राम्रो प्रोबाबियोटिक्स हो । यसमा पाइने फाइबरहरूले असल ब्याक्टेरियालाई बढवा दिन्छ । यी ब्याक्टेरियाले पेटको भित्ता बलियो बनाउँदछ, सुन्निएको कम गर्दछ र रोग प्रतिरोधात्मक क्षमतालाई बढवा दिन्छ । प्याजलाई हड्डीको लागि पनि फाइदाजनक मानिन्छ । यसमा पाइने तत्त्वहरूले अस्टियोपोरोसिसको खतरालाई कम गर्छ । यस बाहेक, प्याजमा प्राकृतिक एन्टिबायोटिक गुणहरू पनि हुन्छन् । यसमा पाइने सल्वर कम्पाउन्डले ब्याक्टेरियालाई मार्न मद्दत गर्दछ । 

अस्वीकरण: यहाँ दिइएका सल्लाह अनलाइनबाट तयार  पारिएको हो । यसले सामान्य जानकारी मात्रै दिन्छ । यसलाई पालना गर्नु अघि आफ्नो चिकित्सकसँग परामर्श गर्नु होला । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप