मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

एकसाता ब्रोइलरका चल्ला बिक्री नगर्ने ह्याचरी सङ्घको निर्णय

आइतबार, २२ असार २०८२, १८ : ०८
आइतबार, २२ असार २०८२

काठमाडौँ । ह्याचरी उद्योगीहरूले एक साता ब्रोइलर र कलर ब्रोइलर चल्लाको बिक्री वितरण पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेका छन् ।

नेपाल ह्याचरी उद्योग सङ्घ, बागमती प्रदेश समन्वय समितिको आयोजनामा चितवनमा सम्पन्न व्यवसायीहरूको भेलाले यही असार २३ गतेदेखि असार २९ गतेसम्म चल्ला बिक्री वितरण नगर्ने निर्णय गरेको जनाइएको छ ।

सङ्घको केन्द्रीय समितिले असार २० गते ह्याचरी उद्योग व्यवसायमा देखिएका समस्या समाधान गर्ने उद्देश्यले गरेको निर्णयलाई कार्यान्वयन गर्न प्रदेश समितिले यो कदम चालेको हो । 

निर्णयको प्रभावकारी कार्यान्वयनका लागि विभिन्न अनुगमन समितिहरू समेत गठन गरिएको छ । यसैगरी, चितवन भित्रिने र बाहिरिने प्रमुख नाकाहरूमा पनि छुट्टाछुट्टै अनुगमन समिति बनाइएको छ । 

साथै बिक्री बन्द अवधिभर ब्रोइलर र कलर ब्राेइलर चल्लाको स्वास्थ्य प्रमाणपत्र जारी नगर्न नेपाल भेटेरिनरी एसोसिएसन, बागमती प्रदेशलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप