आफ्नो जन्मदिनमा के भने पूर्वराजाले ?
सारांश
- पूर्वराजा ज्ञानेन्द्र शाहले जन्मदिनको अवसरमा नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताए ।
- उनले वर्षाको समयमा बाढी, पहिरो र डुबानजस्ता समस्याप्रति सचेत रहन आग्रह गरे ।
- उनले नेपालभित्र हुनुपर्ने र नेपाली हुनुपर्ने कुरामा जोड दिँदै जन्मदिनको शुभकामना दिए ।
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले यो समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन् । आफ्नो जन्मदिनको अवसरमा निर्मल निवासमा पत्रकारहरूसँग कुराकानी गर्दै शाहले सो कुरा बताएका हुन् ।
उनले अहिलेको समय वर्षाको समय भएकाले यो बेला बाढी, पहिरो डुबानजस्ता समस्या हुनेमा सचेत गराए । उनले भने, ‘यो बेला पानीजन्य बिमारीहरू पनि हुन्छ । त्यसैले सबै दाजुभाइ दिदीबहिनीहरूलाई सतर्क रहन र विचार गरेर बस्नु मेरो आग्रह छ ।’
_NcMPATBw5h.jpg)
उनले नेपालमा जन्मेर मात्र नेपाली हुन नसक्ने बताउँदै भने, ‘हामीभित्र नेपाल हुनुपर्छ अनि हामी नेपाली हुन्छौँ ।’
उनले आफूसँगै जन्मदिन पर्ने सबैलाई शुभकामना पनि दिए । पूर्वराजाले भने, ‘आज हाम्रो जस्तै कति जनाको शुभ दिन होला । वहाँहरूलाई मेरो तर्फबाट शुभकामना दिन चाहन्छु ।’ उनले आफ्नो जन्मदिनमा शुभकामना दिन आउनेलाई पनि धन्यवाद दिए ।
_RSePQkkBYC.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण