दक्षिण अमेरिकी देश सुरिनाममा पहिलो महिला राष्ट्रपति बनिन् जेनिफर
सारांश
- सुरिनाममा पहिलो पटक महिला राष्ट्रपति निर्वाचित भएकी छिन्, डा.जेनिफर गियरलिंग्स–साइमन्सलाई राष्ट्रपति चयन गरियो।
- उनले जुलाई १६ मा राष्ट्रपतिको रूपमा शपथ लिनेछिन् र नेशनल डेमोक्रेटिक पार्टीको नेतृत्व गर्छिन्।
- सुरिनाममा तेल उत्पादन सुरु हुने आशाका बीच, उनले वर्तमान नेतालाई हटाउन गठबन्धन बनाएकी थिइन्।
पारामारिबो । दक्षिण अमेरिकी देश सुरिनाममा पहिलो पटक महिला राष्ट्रपति भएकी छिन् । संसद्ले आइतबार डा.जेनिफर गियरलिंग्स–साइमन्सलाई सङ्कटग्रस्त देशको पहिलो महिला राष्ट्रपतिको रूपमा निर्वाचित गरेको छ ।
नेशनल डेमोक्रेटिक पार्टीको नेतृत्व गर्ने जेनिफरले जुलाई १६ मा राष्ट्रपतिको रूपमा शपथ लिनेछिन् । सुरिनामको राष्ट्रिय सभाले दुई तिहाइ मतले उनलाई राष्ट्रपति निर्वाचित गरेको हो ।
पहिले कांग्रेसी रहेकी जेनिफरले मे महिनामा भएको चुनावपछि देशको वर्तमान नेतालाई हटाउने उद्देश्यले गठबन्धन बनाएपछि निर्विरोध चुनाव जितेकी हुन् । सुरिनामको समुद्री किनारामा तेल पाइएको र २०२८ सम्ममा यसको उत्पादन सुरु गर्ने आशा राखेको समयमा यो गठबन्धन भएको हो ।
‘मलाई थाहा छ कि राष्ट्रपतिको पद धेरै ठुलो हो र म यस पदमा देशको सेवा गर्ने पहिलो महिला भएको कारणले जिम्मेवारी अझ बढेको छ ।’ राष्ट्रपतिको चुनाव जितेपछि जेनिफरले भनिन् । सुरिनाम ६ लाख ४६ हजार भन्दा बढी मानिसहरू भएको डच भाषा बोल्ने देश हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण