यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई
सोमबार, २३ असार २०८२, १३ : २३
सारांश
- यस वर्षको छिन्नलता गीत पुरस्कार वरिष्ठ गीतकार राजेन्द्र रिजाललाई प्रदान गरियो।
- सङ्गीततर्फको छिन्नलता पुरस्कार आभास (अच्युतप्रसाद फुयाल) लाई प्रदान गरियो।
- गायनतर्फको पुरस्कार रामभक्त जोजिजु र इतु जोजिजुलाई संयुक्त रूपमा प्रदान गरियो।
काठमाडौँ । यसवर्षको छिन्नलता गीत पुरस्कार वरिष्ठ गीतकार राजेन्द्र रिजाललाई प्रदान गरिएको छ । गीत पुरस्कार गुठीद्वारा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले रिजाललाई सम्मानपत्र र रु एक लाखसहित उक्त पुरस्कार प्रदान गरेका हुन् ।
यसैगरी रु एक लाख राशिको सङ्गीततर्फको छिन्नलता पुरस्कार आभास (अच्युतप्रसाद फुयाल) लाई र रु एक लाखकै गायनतर्फको पुरस्कार रामभक्त जोजिजु र इतु जोजिजुलाई संयुक्त रूपमा प्रदान गरियो ।
साथै रु ५० हजार राशिको युवा प्रतिभातर्फको छिन्नलता पुरस्कार गायक एसडि योगीलाई प्रदान गरिएको जनाइएको छ ।
त्यस अवसरमा सभामुख घिमिरेले राष्ट्रिय भाव उत्पन्न गर्ने सृजनाहरु छिन्नलताको विशेषता भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण