सवारी दुर्घटनामा चार जनाको मृत्यु
सोमबार, २३ असार २०८२, १३ : ४१
सारांश
- विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ।
- मोरङ, पथरीशनिश्चरेमा एकजना वृद्धको अज्ञात सवारी साधनको ठक्करबाट मृत्यु भयो।
- महोत्तरी र दाङमा भएका दुर्घटनामा मोटरसाइकल र ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भयो।
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ४ जनाको मृत्यु भएको छ ।
- मोरङ, पथरीशनिश्चरे नगरपालिका-२ स्वागत टोलमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट सोही ठाउँ बस्ने ६७ वर्षीय दिलमान साम्बाको मृत्यु भएको छ । आइतबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो ।
- यसैगरी मोरङ, विराटनगर महागनरपालिका-३ स्थित सडकमा ढाँटबाट कन्चनबारीतर्फ आउँदै गरेको को.३७ प २६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा चालक सप्तरी घर भएका २४ वर्षीय अरबिन यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
- महोत्तरी, बर्दिबास नगरपालिका-३ स्मृतीपार्कस्थित सडकमा ना.६ ख २२५१ नम्बरको ट्रकमा प्र.२-०२-००१ ह ०२८३ नम्बरको अटो ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा अटोमा सवार भारत मोतियारी जानपुर-४ घर भएका ५५ वर्षीय श्रीपुजन गुप्ताको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जनसेवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटो चालक र अटोमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- दाङ, तुलसीपुर उपमहानगरपालिका-१८ स्थित सडकमा पहरूवाबाट बिजौरीतर्फ आउँदै गरेको रा.२ प ७१०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-१५ पहरूवा बस्ने ५० वर्षीय शिव राज सुवेदीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण