२१ दिनदेखि रत्नपार्कमा सुनचाँदी व्यवसायीको रिले अनसन
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ सङ्घर्ष समितिको रिले अनसन जारी रहेको छ । रत्नपार्कमा २१ दिनदेखि नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ सङ्घर्ष समितिको रिले अनसन जारी राखेको हो ।
उनीहरुले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर खारेज गर्न माग गर्दै आएका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनचाँदीमा विलासिता कर र १३ प्रतिशत भ्याट लगाउने बताएको छ ।
समितिले यसले व्यवसायीहरूलाई धेरै मर्का पर्ने बताएको छ । उनीहरुले कानुन बमोजिम नगद सरह सम्पत्तिको व्यवस्था कार्यान्वयन गर्न, हिरा जुवाहरत पत्थरमा लगाएको १३ प्रतिशत भ्याट खारेज गर्न, कोटा प्रणाली खारेज गरी २५,५० र १०० ग्रामका सुनका टुक्राहरू पान नम्बर र कर चुक्ताका आधारमा गहना उत्पादक तथा कालीगढ र आम व्यवसायीहरूले आफ्नै क्षेत्रमा सहज रूपमा खरिद गर्ने व्यवस्था गर्न माग गरेका छन् ।
उपभोक्ता, कर्मचारी, कालीगढ तथा व्यवसायीमैत्री ऐन कानुन निर्माण गर्न माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण