बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सारुकको सम्झनामा उषाले रुँदै भनिन्– ‘आफैँलाई पनि मरूँ मरूँ लागिरहेको छ’

सोमबार, २३ असार २०८२, १५ : २८
सोमबार, २३ असार २०८२

सारांश

  • अभिनेत्री उषा रजकले दुई वर्षअघि आत्महत्या गरेका अभिनेता सारुक ताम्राकारको सम्झनामा भिडियो पोस्ट गरिन्।
  • उनले सारुकको सम्झनामा आफू डिप्रेस्ड भएको र आत्महत्या गर्न मन लागेको समेत बताइन्।
  • उषाले सारुकको आत्महत्याको कारणबारे आफ्नो धारणा राख्दै, पार्टनरको नियन्त्रणलाई दोष दिएकी छन्।

काठमाडौँ । अभिनेत्री उषा रजक धरधरी रोएकी छन् । उनी रुनुको कारण दुई वर्षअघि आत्महत्या गरेका अभिनेता सारुक ताम्राकारको सम्झना हो । आज सारुकको ‘दोस्रो डेथ एनिभर्सरी’ रहेको बताउँदै उनले सामाजिक सञ्जालमा धरधरी रोएर भिडियो पोस्ट गरेकी हुन् । उनले ताम्राकारको विषयमा आफूलाई धेरै दुःख लागिरहेको र आफू दुई–तीन हप्तादेखि डिप्रेस्डसमेत रहेको बताएकी छन् ।

८ मिनेट बढीको उक्त भिडियोमा उनले आफैँलाई पनि मरूँ मरूँ लागिरहेको समेत बताएकी छन् । रिलेसनमा रहेको पार्टनरले धेरै नै कन्ट्रोल गरेकाे, साथीभाइ र घर परिवारबाट टाढा लगेकाले सारुकले आत्महत्या गरेको हुनसक्ने उषाले अनुमान गरेकी छन् । उनी अगाडि भन्छिन्– ‘आफ्नो पार्टनरलाई आफू अनुकूल मेनुपुलेट गर्न खोज्दा उसलाई धेरै नै पीडा हुन्छ ।’

उनले ताम्राकार आफ्नो साथी मात्रै हुँदा आफूलाई यत्तिको धेरै पीडा भएको बताउँदै उसकी आमालाई कस्तो पीडा भयो होला समेत भनेकी छन् । आफूले उसलाई केही हेल्प गर्न नसकेकोमा उनले पछुतो पनि गरेकी छन् ।

अभिनेता सारुक ताम्राकार दुई वर्ष अघि घरमै मृत फेला परेका थिए । उनको मृत्युलाई लिएर विभिन्न कुरा जोडिएका थिए । तर उनले आत्महत्या गरेको पुष्टि भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप