डिशहोमले नेपालको पहिलो भर्चुअल ग्राहक प्रिभिलेज कार्ड सार्वजनिक गर्दै
काठमाडौँ । डिशहोमले नेपालको इन्टरनेट र टिभी क्षेत्रका ग्राहकहरूको अनुभवलाई नयाँ आयाम दिने उद्देश्यका साथ, आफ्नो ग्राहक सेवा एप, “माइ डिशहोम एप” मार्फत चाँडै ग्राहक भर्चुअल प्रिभिलेज कार्ड नामक विशेष सेवा उपलब्ध गराउने भएको छ ।
यो सुविधा नेपालकै इन्टरनेट र टिभी क्षेत्रमा पहिलो पटक ल्याउन लागिएको हो । जसले कनेक्टिभिटी मात्र नभई ग्राहकको दैनिक जीवनशैलीमा थप लाभ प्रदान गर्ने अपेक्षा गरिएको छ ।
डिशहोम ग्राहक प्रिभिलेज कार्ड पूरै भर्चुअल कार्ड हो, जुन सक्रिय सदस्यता भएका ग्राहकहरूको माइ डिशहोम एपमा स्वचालित रूपमा देखिनेछ । यस कार्डमार्फत ग्राहकहरूले २५% सम्म छुट पाउन सक्नेछन्, जुन विभिन्न साझेदार सेवाहरूमा लागू हुनेछ ।
होटल, क्याफे, रेस्टुरेन्ट, अस्पताल, शैक्षिक संस्था, स्किनकेयर तथा वेलनेस सेन्टर, फिटनेस क्लब, मोबाइल एक्सेसोरिज, इलेक्ट्रोनिक्स आउटलेट, होम अप्लायन्सेस, सपिङ मल, अटोमोबाइल शोरूम लगायतका विविध क्षेत्रमा डिशहोमले सहकार्य गर्दै छ, जसले ग्राहकहरूलाई दैनिक जीवनमा थप सुविधाजनक बनाउनुको साथै आर्थिक छुट पनि प्रदान गर्नेछ ।
“डिशहोमले उत्कृष्ट डिजिटल मनोरञ्जन र इन्टरनेट सेवा मात्र होइन, ग्राहकको दैनिक जीवनशैलीमा पनि अर्थपूर्ण योगदान दिन चाहन्छ,” डिशहोमका प्रमुख कार्यकारी अधिकृत– तारा मानन्धरले बताए ।
“यो भर्चुअल प्रिभिलेज कार्डमार्फत हामी आफ्ना ग्राहकहरूलाई थप लाभ दिने डिजिटल जीवनशैली इकोसिस्टम तयार गर्दैछौं,”उनले भने । यो कार्ड केवल ग्राहकको सदस्यता सक्रिय अवस्थामा मात्र एपमा देखिनेछ, जसले यसलाई सुरक्षित र विशेष बनाउँछ। सेवा सुरु भएपछि ग्राहकहरूले “माइ डिशहोम एप” बाट डिजिटल कार्ड देखाएर सहभागी आउटलेटहरूमा छुट सुविधा प्राप्त गर्न सक्नेछन् ।
डिशहोमले नवीनताको नेतृत्व गर्दै आइरहेको छ र यो नयाँ पहलले नेपालको डिजिटल जीवनशैली परिवर्तन को यात्रामा कम्पनीको अग्रणी भूमिकालाई थप सुदृढ बनाउनेछ ।
ग्राहकहरूलाई प्ले स्टोर वा एप स्टोर बाट माइ डिशहोम एप डाउनलोड वा अपडेट गर्न डिशहोमले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
-
बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भव: पूर्वअर्थमन्त्री महत
-
डा. अशोक कुमार बास्कोटा : विज्ञान, अध्यात्म र सेवाको अद्भुत संगम
-
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
-
नेपाल–पाकिस्तानबिच पर्वतारोहण सहकार्य विस्तारमा जोड
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण