फेसबुकमा महिलाको चरित्र हत्या गरेको आरोपमा रमेश बाग पक्राउ
सोमबार, २३ असार २०८२, १६ : ३२
सारांश
- प्रहरीले फेसबुकमा महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा डोटीका ३१ वर्षीय रमेश बाग रहेका छन्, जसलाई नयाँ बानेश्वरबाट पक्राउ गरिएको हो।
- आरोपीले महिलाको अश्लील फोटो फेसबुकमा पोस्ट गरेको आरोप लागेको छ, र अनुसन्धान जारी छ।
काठमाडौँ । सामाजिक सञ्जाल (फेसबुक) मा महिलाको चरित्र हत्या गरेर सामग्री पोस्ट गरेको आरोपमा प्रहरीको साइबर ब्युरोले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटी घर भएका ३१ वर्षीय रमेश बाग छन् ।
आइतबार साँझ उनलाई काठमाडौँको नयाँ बानेश्वरस्थित मिलन चोकबाट पक्राउ गरिएको साइबर ब्युरोका एक जना अधिकृतले रातोपाटीलाई बताए । आरोपी विरुद्ध प्रहरीले विद्युत्तीय कारोबार ऐन–२०६३ दफा (४७) अन्तर्गतको कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
आरोपीले एक महिलाको अश्लील फोटो बनाएर फेसबुकमा पोस्ट गरेको आरोप छ । सो पोस्टबारे अनुसन्धान भइरहेको ब्युरोका अधिकृतहरू बताउँछन् । बाग राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सदस्य हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण