बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गभर्नर पौडेलप्रति मनिष झाको कटाक्ष : कुन दाइ भाउजू भेट्न जान हतार भयो ?

सोमबार, २३ असार २०८२, १७ : २३
सोमबार, २३ असार २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले गभर्नर डा. विश्व पौडेलप्रति मौद्रिक नीतिमा पर्याप्त समय नबसेको भन्दै कटाक्ष गरे।
  • गभर्नर पौडेलले कार्यक्रममा ढिलो आएर छोटो समयमै निस्किएपछि सांसद झाले असन्तुष्टि व्यक्त गरे।
  • सांसद झाले गभर्नरले यति धेरै मानिस भएको प्लेटफर्मको सदुपयोग गर्न नसकेको आरोप लगाए।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मौद्रिक नीतिको छलफलमा पर्याप्त समय नबसेको भन्दै गभर्नर डा.विश्व पौडेलप्रति कटाक्ष गरेका छन् । सोमबार नेपाल व्यवस्थापन सङ्घले आयोजना गरेको  ‘२०८२–८३ को मौद्रिक नीतिमा छलफल कार्यक्रम’ मा उनले गभर्नर पौडेलले आफ्नो समयलाई प्राथमिकीकरण गर्न नसकेको आरोप लगाएका हुन् । 

कार्यक्रममा गभर्नर पौडेल ढिलो भएको भन्दै निस्किएका थिए । त्यसपछि उनले यति धेरै दिग्गज व्यक्ति भएको प्लेटफर्म तयार भए पनि गभर्नरले यसलाई सदुपयोग गर्न नचाहेको बताए ।

‘यति धेरै मान्छेको प्लेटफर्मका लागि म भए ५०० किलोमिटर पनि धाउँथेँ’ उनले भने, ‘यस्तो ठाउँ छाडेर गभर्नर सावलाई कुन दाइभाउजू भेट्न जान हतार भयो ?’ कार्यक्रममा गभर्नर आए पनि करिब २० मिनेट बसेर हतार भएको भन्दै निस्किएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप