सरकार लोकप्रिय बन्न सकेन, गम्भीर समीक्षा गर्नुपर्छ : विश्वप्रकाश शर्मा
सारांश
- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार लोकप्रिय बन्न नसकेको बताए ।
- उनले सरकारले राम्रा काम गरेपनि लोकप्रिय बन्न नसकेको बताए र यसको समीक्षा आवश्यक रहेको उल्लेख गरे ।
- शर्माले पार्टीको महाधिवेशन प्रक्रिया समयमै सुरु नभएकोमा चिन्ता व्यक्त गरे ।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीसमेत सहभागी सरकार अपेक्षित रूपमा लोकप्रिय बनाउन नसकिएको बताएका छन् । पार्टी कार्यालय सानेपामा गत सोमबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा आज धारणा राख्दै महामन्त्री शर्माले सरकारले केही राम्रा काम गरे पनि लोकप्रिय बन्न नसकेकोबारे गम्भीर समीक्षा गर्नुपर्ने बताए ।
‘हामी निर्वाचनमा पहिलो दल भयौँ तर कहिले तेस्रो दलको नेतृत्वमा, कहिले दोस्रो दलको नेतृत्वमा हामी सरकारमा छौँ । केही राम्रा कामहरू सरकारले गरेको छ,’ महामन्त्री शर्माले भने, ‘त्यसलाई एप्रिसिएट गर्नुपर्छ। तर सरकारलाई अपेक्षित गतिमा लोकप्रिय बनाउन सकिएको छैन । त्यसलाई पनि गम्भीर समीक्षा गर्नुपर्छ ।’
उनले प्रारम्भिक कार्यसमितिको चार वर्षसम्म महाधिवेशनको प्रक्रिया सुरु नगरेको भन्दै गम्भीर हुनुपर्ने बताए । ‘साङ्गठनिक रूपमा पाँच महिनापछि विधानले निर्धारित गरेको प्रारम्भिक हाम्रो चार वर्षे समय पूरा हुँदैछ । महाधिवेशनको प्रक्रियामा अहिले हामी गइसकेका छैनौँ,’ शर्माले भने, ‘केही बित्दैछ र योभन्दा बढी चुनौतीपूर्ण अवस्थामा हामी पुग्न पनि सक्छौँ भन्ने कुरा गम्भीर रूपमा हामीले राख्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
-
एमाले कार्यदलको बैठकमा ओली पनि सहभागी
-
युएईका व्यपारमन्त्री थानी र परराष्ट्रमन्त्री खनालबिच भेटवार्ता
-
सरकारका सय दिनका उपलब्धिबारे संसद्लाई जानकारी
-
स्टोक्सको संन्यास घोषणाको भिडियो सार्वजनिक गरेपछि ईसीबी विवादमा, आईसीसीद्वारा नियम मिचेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण