१५ लाख धरौटी बुझाउन नसकेपछि युनुश अन्सारी कारागार चलान
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले सम्पत्ति शुद्धिकरणको मुद्दामा युनुश अन्सारीसँग १५ लाख धरौटी माग गरेको छ ।
न्यायाधीश बलराम लम्सालको इजलासले सोमबार अन्सारीलाई धरौटीमा छाड्न आदेश गरेको थियाे । तर, धरौटी बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको अदालतका सूचना अधिकारी दीपक श्रेष्ठले बताए । श्रेष्ठका अनुसार उनी केन्द्रीय कारागार जगन्नाथ देवल चलान भएका हुन् ।
नक्कली भारतीय नोट प्रकरणमा ६ वर्षको सजाय भुक्तान गरी छुटे लगत्तै पक्राउ परेका अन्सारीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले शुक्रबार मुद्दा दायर गरेको थियो । आइतबार अदालतमा पेस गरेर बयान र थुनछेक बहस भएको थियो ।
आइतबार थुनछेक नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । सोमबार थुनछेक बहसपछि धरौटीमा छाड्न आदेश भएकोमा अन्सारीले धरौटी बुझाउन नसकेका हुन् ।
२०७६ जेठ १० मा अन्सारीसहित ६ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । उनीहरूबाट प्रहरीले त्यतिवेला ७ करोड ७६ लाख नक्कली भारतीय रुपैयाँ बरामद गरेको थियो ।
सो प्रकरणमा सजाय भुक्तानीपछि अन्सारी गत जेठ १० गते नख्खु कारागारबाट छुटेका थिए । छुटे लगत्तै उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फेरि नियन्त्रणमा लिई सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान गरेको थियो ।
नेशनल टेलिभिजनको अध्यक्ष रहेको बेला प्रत्यक्ष/अप्रत्यक्ष रूपमा ११ करोड ६२ लाख रुपैयाँ खातामा जम्मा भएको तथा ११ करोड ३७ लाख रुपैयाँ भुक्तानी भएको देखिएपछि उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण