रुपन्देहीमा वडाध्यक्षसहित दुई जना अख्तियारको नियन्त्रणमा
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको मर्चवारी गाउँपालिकाका वडा अध्यक्ष जनार्दन यादवलाई घुससहित नियन्त्रणमा लियो।
- वडा अध्यक्ष यादवले विकास योजनाको भुक्तानी सिफारिसका लागि सेवाग्राहीसँग ३ लाख रुपैयाँ घुस मागेका थिए।
- यादव र 'श्री गणेश ट्रेडिङ' का सञ्चालक विपिन कुमार पाण्डेयलाई घुस रकमसहित नियन्त्रणमा लिइएको छ।
काठमाडौँ । रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष जनार्दन यादवलाई तीन लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
वडा नम्बर ३ अन्तर्गत विभिन्न विकास योजनाको निर्माण कार्य सम्पन्न भएपछि भुक्तानी सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग मोलमोलाई गर्दै तीन लाख रुपैयाँ घुस माग गरेको आरोपमा अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले यादवसहित ‘श्री गणेश ट्रेडिङ’ का सञ्चालक विपिन कुमार पाण्डेयलाई नियन्त्रणमा लिएको हो ।
आयोगका अनुसार उक्त घुस रकम जिल्ला रुपन्देही, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित ‘श्री गणेश ट्रेडिङ’ का सञ्चालक विपिन कुमार पाण्डेयमार्फत लिन लगाइएको थियो ।
पाण्डेयले सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले वडा अध्यक्ष यादव र विपिन कुमार पाण्डेयलाई ३ लाख रुपैयाँ नगद घुससहित नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण