समाचार
त्रिवि उपकुलपति : तीन जनाको नाम प्रधानमन्त्री समक्ष पेस, भोलि निर्णय हुने
सोमबार, २३ असार २०८२, २१ : ४४
सारांश
- शिक्षा मन्त्रीको संयोजकत्वमा रहेको समितिले त्रिविको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको छ।
- सिफारिस समितिले हालका उपकुलपति लगायत अन्य दुई जनाको नाम प्रधानमन्त्री समक्ष पेश गरेको हो।
- अब प्रधानमन्त्रीले ती मध्येबाट एक जनालाई आगामी चार वर्षे कार्यकालका लागि उपकुलपति नियुक्त गर्नेछन्।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ। शिक्षामन्त्री रघुजी पन्तको संयोजकत्वमा रहेको सिफारिस समितिले तीन जनाको नाम कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पेस गरेको हो ।
आइतबार बसेको समितिको बैठकले हालका उपकुलपति प्रा.डा. खड्ग केसी, प्रा.डा. विनिल अर्याल, प्रा डा दीपक अर्यालको नाम सिफारिस गरेको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ।
अब प्रधानमन्त्रीले यी तीन जनामध्येबाट एक जनालाई त्रिविको आगामी चार वर्षे कार्यकालका लागि उपकुलपति नियुक्त गर्नेछन्। प्रधानमन्त्रीले भोलिसम्ममा एक जनालाई उपकुलपति नियुक्त गर्नेछन्।
उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिएपछि शिक्षाध्यक्ष प्रा.डा. खड्का केसीलाई तीन महिनाको लागि उपकुलपति बनाइएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण