जुम्लामा चट्याङ लागेर २ सय बढी भेडा मरे
सुर्खेत । जुम्लाको गुठीचौर गाउँपालिका–५ स्थित पाटनमा चट्याङ लागेर २०० भन्दा बढी भेडा मरेका छन् भने एक जना गोठाला घाइते भएका छन् । घाइते हुनेमा सिंजा गाउँपालिका–५ का गोठाला धनबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक (डिएसपी) रविनबाबु रेग्मीले जानकारी दिए ।
उनका अनुसार सोमबार अपराह्न गुठीचौरको ’सानो हाका’ भन्ने पाटनमा चट्याङ परेको थियो । चट्याङ लागेपछि उनी बेहोस भएको स्थानीयले जानकारी दिएको रेग्मीले रातोपाटीलाई जानकारी दिए ।
'घाइते रावतको उद्धारको लागि हेलिकप्टरको प्रयास गरिए पनि साँझ परेकाले सम्भव भएन,’ डिएसपी रेग्मीले भने, ’घटनास्थल विकट लेकमा पर्छ, जहाँ पुग्न करिब ७–८ घण्टा पैदल हिँड्नुपर्छ ।’
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ पठाइएको छ । घटनास्थलमा फोन सम्पर्क हुन नसक्ने र सूचना दिने व्यक्तिले पनि फोन लाग्ने ठाउँमा आएर खबर गर्नुपरेकाले क्षतिको यकिन विवरण आउन बाँकी रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण