तल्लो तहका प्रहरी कर्मचारीहरूलाई घरेलु कामदारका रूपमा प्रयोग गरिनु आपत्तिजनक: सांसद साह
सारांश
- सांसद प्रभु साहले सुरक्षाकर्मीलाई नेता र उच्च पदस्थको घरमा घरेलु कामदार बनाएकोमा आपत्ति जनाए।
- सांसद साहले गृहमन्त्रीलाई सुरक्षा निकायमाथि नियन्त्रण छ कि छैन भनी प्रश्न गरे।
- प्रहरी जवानलाई सवारी चालक र घरेलु कामदारको रूपमा प्रयोग गरिएको भन्दै छानबिनको माग गरे।
काठमाडौँ । आम जनता पार्टीका सांसद प्रभु साहले सुरक्षा निकायका तल्लो तहका कर्मचारीहरूलाई नेताहरूका घरमा घरेलु कामदारका रूपमा प्रयोग गरिएको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद शाहले देश र जनताको सेवा गर्न आएका सिपाहीहरूलाई नेताहरू तथा प्रहरीकै उच्च पदस्थ अधिकारीहरूको घरमा निजी कामदार बनाइएको भन्दै आपत्ति जनाएका हुन् । उनले तपाईँको कमान्डमा सुरक्षा निकाय छ कि छैन ? भन्दै गृहमन्त्री लेखकलाई प्रश्न गरे । प्रहरीको डिआईजीभन्दा माथिल्लो दर्जाका अधिकारीको घरमा गाडी चलाउन र घरधन्दा गर्न पनि प्रहरी जवान प्रयोग गरिएको भन्दै छानबिन गर्न माग गरे । उनले सुरक्षा निकायका उच्चपदस्थ व्यक्तिहरूको घरको सिसिटिभी समेत जाँच गर्नुपर्ने बताए ।
उनले भने, ‘सुरक्षा निकायका तल्लो तहका कर्मचारीलाई घरेलु कामदारमा लगाइएको छ । बन्दुक बोकेर देश र जनताको सुरक्षा गर्छु, सेवा गर्छु भनेर सुरक्षा निकायमा जागिर गर्न आएका ती सिपाहीहरूलाई नेताहरूको घरमा चाकडी गर्न लगाउँदा, सिपाहीहरूलाई प्रहरी निकायकै उच्च ओहोदाका कर्मचारीको घरमा निजी कामदार बनाउँदा कत्तिको उचित छ ? म गृहमन्त्रीज्यूलाई सोध्न चाहन्छु, तपाईँको कमान्डमा सुरक्षा निकाय छ कि छैन ? तपाईँहरूको सरकार कानूनअनुसार चल्छ कि चल्दैन ? यदि कानूनअनुसार चल्छ भने यस्तो किन भइरहेको छ ? डिआईजीभन्दा माथिको घरमा सवारी चालक पनि प्रहरी जवान हुने र घरेलु कामदार पनि प्रहरी जवान हुने ? यहाँ कतिपय सांसदहरूका गाडी पनि प्रहरीले चलाइरहेका छन् । यो कानूनसम्मत हो कि होइन ? अहिले मौजुदा कानून मिल्छ ?’
उनले प्रहरी कर्मचारीहरूको दुरुपयोगको सम्बन्धमा छानबिन गर्न समिति गठनको समेत माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण