बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

त्रिशूली नदीमा फसेका २ जनाको अझै भएन उद्धार

मङ्गलबार, २४ असार २०८२, ०७ : ४०
मङ्गलबार, २४ असार २०८२

सारांश

  • आकस्मिक बाढीका कारण त्रिशूली नदीमा फसेका २ जनाको उद्धार हुन सकेको छैन।
  • सुरक्षाकर्मीको टोली उद्धारका लागि खटिए पनि उद्धार सम्भव भएको छैन।
  • त्रिशूली नदीले सतर्कता तह पार गरेको छ र तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनिएको छ।

काठमाडौँ । आकस्मिक आएको बाढीका कारण त्रिशूली नदीमा फसेका २ जनाको अझै उद्धार हुन सकेको छैन । नुवाकोटको बिदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा आएको बाढीमा दुईजना फसेका हुन् । 

सुरक्षा निकायको टोली घटनास्थलमा पुगे पनि उद्धार सम्भव भएको छैन । नुवाकोटका डीएसपी विक्रम लामाका अनुसार उद्धारका लागि सेनाको हेलिकोप्टर बोलाइएको छ । बाढीमा फसेकाहरू सिसौको रुखको आड लिएर बसिरहेका छन् । 

हाल त्रिशूली नदीले सतर्कता तह पार गरेको छ । असार २४ गते बिहान ६:३० बजे नुवाकोटस्थित बेत्रावती जलमापन केन्द्रमा त्रिशूली नदी जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

हाल नदीको बहाव बढ्दो क्रममा रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप