त्रियुगा नदीको शिवाइ–बेल्हा जोड्ने भाँचिएको पुलमा नुहाउँदा एक बेपत्ता
मङ्गलबार, २४ असार २०८२, ०८ : ५४
सारांश
- उदयपुरको त्रियुगा नदीमा नुहाउने क्रममा एक युवा बेपत्ता भएका छन्।
- बेपत्ता हुनेमा चौदण्डीगढी नगरपालिका-६ का ३० वर्षीय सुरज राई रहेका छन्।
- प्रहरी र स्थानीयले खोजी गर्दा नभेटेपछि गोताखोर टोली बोलाइएको छ।
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित त्रियुगा नदीको शिवाई–बेल्हा जोड्ने भाँचिएको पुल मुनि नुहाउँदा एक युवा डुबेर बेपत्ता भएका छन् ।
इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख इन्स्पेक्टर बबिन राईका अनुसार भाँचिएको पुलमुनि नुहाउने क्रममा चौदण्डीगढी नगरपालिका–६ कालीखोलाका ३० वर्षीय छोरा सुरज राई हिजो सोमबार साँझ बेपत्ता भएका हुन् ।
उनका अनुसार बेपत्ता भएका राईसँगै स्थानीय सुरेश माझी र प्रताप राई पनि सोही स्थानमा नुहाउन गएका गएका थिए । तर, उनी मात्र बेपत्ता भएको खबर आएपछि स्थानीय प्रहरी र स्थानीय सर्वसाधारणले खोजी गरेका थिए ।
इन्स्पेक्टर राईले भने, ‘भाँचिएको पुलको स्ल्याब मुनि भुमरी परेर ठुलो खाल्डो जस्तो देखिन्छ । त्यही डुबेर बेपत्ता भएको हुन सक्छन् । हामीले खोजी गर्दा भेटेका छैनौँ । अहिले शस्त्र प्रहरीको गोताखोर टोली बोलाएका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण