विपद् व्यवस्थापनमा सरकार ‘हाई अलर्ट’मा : प्रधानमन्त्री ओली
मङ्गलबार, २४ असार २०८२, ०९ : ०३
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षा र बाढीको जोखिमप्रति सरकारको उच्च सतर्कता रहेको बताएका छन्।
- विपद् व्यवस्थापन विभागलाई 'हाई अलर्ट' मा राखेको र सुरक्षाकर्मीहरू उद्धारका लागि तैनाथ छन्।
- प्रधानमन्त्रीले सुरक्षा निकायहरूसँग समन्वय गर्न र सम्पर्क नम्बरहरू प्रयोग गर्न आग्रह गरेका छन्।
काठमाडौँ । वर्षा र बाढीका कारण विभिन्न क्षेत्रमा उत्पन्न भइरहेका मौसमजन्य विपद्को जोखिमप्रति चासो व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धार तथा राहत कार्यका लागि सरकार उच्च सतर्कतामा रहेको बताएका छन्।
प्रधानमन्त्री ओलीले मंगलबार फेसबुकमार्फत जानकारी दिँदै भने, 'सरकारले विपद् व्यवस्थापन विभागलाई ुहाई एलर्टुमा राखेको छ। सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीका स्वयंसेवकहरू आवश्यक साधन र उद्धार उपकरणसहित तैनाथ छन् र आफ्नो काम गरिरहेका छन्।'
उनले विपद् सम्भावित क्षेत्रहरूमा खटिएका सुरक्षा निकायहरूसँग समन्वय गर्न सबैलाई आग्रह गर्दै सम्बन्धित सम्पर्क नम्बरहरू सार्वजनिक भइसकेको जनाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण