रसुवा बाढीः यस्तो छ बेपत्ता भएका १८ जनाको नामावली
सारांश
- सोमबार राति ल्हेन्दे खोलामा आएको बाढीमा परेर १८ जना बेपत्ता भएका छन्, जसमा प्रहरी र चिनियाँ नागरिक पनि छन्।
- बाढीले मितेरी पुल बगायो र सडकमा क्षति पुर्यायो, जसले गर्दा यातायात अवरुद्ध भयो।
- बाढीले रसुवागढी जलविद्युत आयोजना र टिमुरेस्थित भन्सार यार्डमा पनि क्षति पुर्याएको छ।
रसुवा । नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा परेर १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिक समेत रहेका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए।
यसैबीच नेपाली सेनाको हेलिकोप्टर टिमुरेस्थित बाढीग्रस्त क्षेत्रमा पुगेर अहिले बाढीमा फसेकाहरुको उद्धार कार्यमा सक्रिय रहेको प्रजिअ पौडेलले बताए ।
ल्हेन्दे खोलामा आएको बाढीले नेपाल–चीन सीमामा रहेको मितेरी पुल बगाएको छ । बाढीका कारण स्याँफ्रुबेँसी–रसुवागढी सडक ठाउँ ठाउँमा क्षति पुग्दा यातायात सेवा अवरुद्ध भएको छ । बाढीले एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको बाँधमा क्षति पुगेको छ भने टिमुरेस्थित भन्सार याड र त्यसभित्र रहेका मालवाहक ट्रकमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
क्षतिको पूर्ण विवरण आइनसकेको सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक रामहरि खड्काले जानकारी दिए।
बेपत्ता भएकाहरु :
१. लाल बहादुर श्रेष्ठ, असई (रामेछाप लिखु तामाकोशी–४ घर )
२. मुन्ना ठाकुर, जवान (बारा फेटा गाउँपालिका घर भएर ईप्रका टिमुरेमा कार्यरत)
३. लोकेन्द्र बोहोरा, जवान (बझाङ बुंगल गाउँपालिका घर भएर टिमुरेमा कार्यरत
४. यु युए (चिनियाँ, पुरुष)
५.लि हुवाछिङ (चिनियाँ, पुरुष)
६. याङ छुवान (चिनियाँ, पुरुष)
७.यु हाइ हाङ (चिनियाँ पुरुष)
८.यु स्याओ छिउ (चिनियाँ पुरुष)
९. चोउ योङ (चिनियाँ पुरुष)
१०. जिपन चौधरी (३६ वर्ष, बर्दिया)
११. सन्तोष दइत (३५ वर्ष, बर्दिया)
१२. बुद्धिराम थारु (२५ वर्ष, बर्दिया)
१३. लक्ष्मीनारायण थारु (२४ वर्ष, बर्दिया)
१४. सुरेश थारु (३० वर्ष, बर्दिया)
१५. नरेन्द्र बिक (बागलुङ)
१६. फुर्वा लामा (सिन्धुपाल्चोक घर, कन्टेनर डिब्बा चालक)
१७. गोविन्द मोक्तान (मिक्स्चर चालक)
१८. कमान तामाङ, हाइलक्स चालक ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौन आँसुको जिम्मेवारी
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण