मधेसको बजेट विवाद : सर्वदलीय बैठक निष्कर्षविहीन
सारांश
- मधेस सरकारले डाकेको सर्वदलीय बैठक बजेटको विषयमा सहमति जुट्न नसक्दा निष्कर्षविहीन भयो।
- सत्तारुढ दल र प्रतिपक्षी दलहरूबीच सहमति नहुँदा बैठक बिना निष्कर्ष टुंगियो।
- विपक्षी दलहरूले बजेटमा बिचौलिया हाबी भएको आरोप लगाएका छन्।
जनकपुर । बजेटको विषयलाई लिएर उत्पन्न विवाद सुल्झाउन मधेस सरकारले डाकेको सर्वदलीय बैठक निष्कर्षविहीन भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मंगलबार बसेको सर्वदलीय बैठक निष्कर्षविहीन टुंगिएको हो ।
सत्तारुढ दल र प्रतिपक्षी दलहरूबिच सहमति जुट्न नसकेपछि बैठकले मूर्तरुप लिन नसकेको प्रतिपक्षी दल माओवादी केन्द्रका प्रदेश सांसद युवराज भट्टराईले जानकारी दिए ।
उनका अनुसार सरकार पक्ष जिम्मेवार ढंगले प्रस्तुत नभएपछि सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको हो ।
बजेट पास गर्नुपर्ने समय घर्किँदै गएपनि बजेटमा बिचौलिया हाबी भएको भन्दै सदनमा सधैँ विरोध हुन थालेपछि मुख्यमन्त्री सतिस सिंहले सर्वदलीय बैठक डाकेका हुन् ।
सर्वदलीय बैठकका सत्तारुढ दलहरु कांग्रेस, एमाले, जनमत, लोसपासहित विपक्षी दलहरु माओवादी केन्द्र, जसपा नेपाल, एकीकृत समाजवादी, राप्रपा, नागरिक उन्मुक्ति र संघीय समाजवादी पार्टीको उपस्थिति रहेको थियो ।
विपक्षी ६ दलले बजेटमा बिचौलिया हाबी भएको आरोप लगाउँदै व्यक्ति केन्द्रित बजेट रहेको तर्क दिँदै आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण