प्रधानमन्त्रीकाे स्पेन भ्रमणकाे विषयलाई लिएर रास्वपा र एमालेबिच नोकझोक
काठमाडौँ । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा भिजिट भिसामा गएका व्यक्तिहरू नफर्किएको आरोप लगाएको छ ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद सोविता गौतमले प्रधानमन्त्रीसँग स्पेनमा हुने कार्यक्रममा सहभागी हुने बहानामा गएको र नफर्किएको समाचारहरू आएको बताइन् ।
उनले भनिन्, ‘सम्माननीय प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत केही मानिसहरू कार्यक्रममा सहभागी हुने बहाना गरेर गई नफर्किएको भन्नेलगायतका समाचारहरू आइरहेका छन् । व्यक्ति विशेष कसैप्रति पनि हाम्रो आरोप छैन । तर यो विषय अत्यन्तै गम्भीर विषय हो ।’
सांसद गौतमको भनाइको प्रतिनिधिसभा बैठकमै एमाले सांसद दामोदर पौडेल बैरागीले आपत्ति जनाए । बैरागीले सांसद गौतमले लगाएको आरोपको पुष्टि गर्न पर्छ कि पर्दैन भनेर प्रश्न गरे ।
‘एक जना माननीयले सम्माननीय प्रधानमन्त्री स्पेन भ्रमण जाँदा केही मान्छेहरूलाई भिजिट भिसामा लगेर त्यहाँ छोडेको भन्ने आशंकास्तो विषय उहाँले राख्नुभयो । यो विषय उहाँले किन राख्नुभयो । के का आधारमा राख्नुभयो । उहाँले राखेका विषय उहाँले पुष्टि गर्न पर्छ कि पर्दैन ?,’
बैरागीले यस्तै विषय जतिखेर जे मन लाग्यो, जसलाई आरोप लगाउन मन लाग्यो त्यो कुरा राख्ने र सदन बहिस्कार गरेर सांसदले हिँड्न मिल्ने हो भन्ने प्रश्न पनि गरे ।
प्रधानमन्त्री ओली असार १४ गतेदेखि २० गतेसम्म राष्ट्र सङ्घको कार्यक्रममा सहभागी हुन स्पेन गएका थिए । उनीसँग गएका केही मान्छे नफर्किएको सूचनाहरू बाहिरिएपनि आधिकारिक रूपमा पुष्टि हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण