बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
रसुवामा बाढी

रसुवातर्फ उड्यो प्रधानमन्त्रीसहितको सरकारी टोली

मङ्गलबार, २४ असार २०८२, १५ : ०२
मङ्गलबार, २४ असार २०८२

सारांश

  • चीनबाट आएको बाढीले रसुवागढीमा क्षति पुर्‍याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकारी टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ।
  • टोलीमा गृहमन्त्री, अर्थमन्त्री र गृह सचिवलगायतका उच्च सरकारी अधिकारीहरू सहभागी छन्।
  • टोलीले घटनास्थलको अवलोकन गरी राहत, पुनर्स्थापना र पुनर्निर्माणबारे आवश्यक निर्णय लिनेछ।

काठमाडौँ । चीनतर्फबाट आएको अकस्मातको बाढीका कारण जनधनको क्षति भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीसहितको सरकारी टोली घटनास्थतर्फ प्रस्थान गरेको छ।  

नेपाली सेनाको हेलिकप्टरबाट प्रधानमन्त्रीसहितको टोली मंगलबार अपराह्न रसुवागढीतर्फ प्रस्थान गरेको हो। 

टोलीमा गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, गृह सचिव गोकर्णमणि दुवाडीलगायतका सरकारी अधिकारी रहेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए । 

टोलीले घटनास्थलको अवलोकन पछि राहत, पुनर्स्थापना र पुनर्निर्माणबारे आवश्यक निर्णय गर्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप