चिकित्सक आन्दाेलन सुल्झाउने प्रयास
चिकित्सकसँग वार्ता गर्न प्रधानमन्त्रीले दिए तीन मन्त्रीलाई जिम्मा
मङ्गलबार, २४ असार २०८२, १६ : ५०
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्न तीन मन्त्रीलाई खटाएका छन्।
- स्वास्थ्यमन्त्री प्रदीप पौडेल, उद्योग मन्त्री दामोदर भण्डारी र कानुन मन्त्री अजय चौरसियालाई वार्ताको जिम्मेवारी दिइएको छ।
- उपभोक्ता अदालतको फैसलाको विरोधमा चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन्।
काठमाडौँ । आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले तीन मन्त्रीलाई जिम्मेवारी दिएका छन् ।
प्रधानमन्त्री ओलीले स्वास्थ्यमन्त्री प्रदीप पौडेलसहित उद्योग मन्त्री दामोदर भण्डारी र कानुन मन्त्री अजय चौरसियालाई जिम्मेवारी दिएका छन् ।
आफूहरूलाई आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गरेर समस्याको समाधान गर्ने कार्यादेश दिएको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार आजै चिकित्सकहरूसँग वार्ता गरेर सहमतिको प्रयास हुनेछ ।
जसअनुसार केही बेरअघि चिकित्सकहरूसँग अनौपचारिक छलफल समेत भएको छ। उपभोक्ता अदालतले गरेको फैसलाको विरोधमा चिकित्सकहरू आन्दोलित बनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण