रसुवामा बाढी : ५५ जनाको उद्धार, ६४ वटा गाडी बगे
मङ्गलबार, २४ असार २०८२, २० : ०७
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय रसुवाले चीनको तिब्बतबाट रसुवागढी नाकामार्फत नेपाल प्रवेश गरेका ५५ जना यात्रुलाई सफलतापूर्वक उद्धार गरिएको जनाएको छ। यद्यपि २० जना अझै हराइरहेका जनाइएको छ ।
मंगलबार बिहान ३ बजेदेखि सुरु भएको उद्धार ६ बजेभित्र सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । जसमा ५० जना नेपाली नागरिक रहेका अहिले साँझ एक सूचना जारी गर्दै प्रशासनले जानकारी गराएको हो ।
त्यस्तै नेपाल चीन जोड्ने मितेरी पुल पूर्ण रूपमा बाढीले बगाएको, सामानसहित २३ वटा कन्टेनर बगाएको छ । त्यस्तै ३५ वटा ईभी गाडी र ६ वटा सिनो ट्रक बगाएको सूचनामार्फत जनाइएको हो ।
साथै २० जना मानिस सम्पर्कविहीन भएका सूचनामा जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण