भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा
मङ्गलबार, २४ असार २०८२, २२ : ४०
सारांश
- भक्तपुर-नगरकोट सडकखण्डको कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ।
- चाँगुनारायण नगरपालिकाले आन्तरिक स्रोतबाट बजेट व्यवस्थापन गरी सडक स्तरोन्नति गरेको हो।
- नगरपालिकाले 'नगरकोट भ्रमण वर्ष-२०८२' लाई लक्षित गरी काम सुरु गरेको छ।
भक्तपुर । भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य सडकमार्गको रूपमा रहेको भक्तपुर–नगरकोट १५ किलोमिटर सडकखण्ड कालोपत्र कार्य अन्तिम चरणमा पुगेको छ ।
विगत १२ वर्षदेखि जीर्ण रहेको उक्त सडकखण्ड चाँगुनारायण नगरपालिकाले आफ्नै आन्तरिक स्रोतबाट बजेट व्यवस्थापन गर्दै एक महिनादेखि स्तरोन्नति एवं कालोपत्र कार्य सुरु गरेको थियो ।
नगरप्रमुख जीवन खत्रीले गत वैशाखदेखि सुरु गरिएको ‘नगरकोट भ्रमण वर्ष–२०८२’ लाई लक्षित गर्दै नगरपालिकाले आन्तरिक स्रोतबाट सडक स्तरोन्नति एवं कालोपत्रकार्य सुरु गरेको बताए ।
शारदा कन्स्ट्रक्सनले विगत १२ वर्षदेखि ठेक्का लिएर काम नगरेपछि सरकारले ठेक्का रद्ध गरेलगत्तै नगरपालिकाले रु १७ करोडको बोलपत्र आह्वान गरी काम सुरु गरेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण