सरकारी भुक्तानीको आज अन्तिम दिन, एकैदिन १९५ अर्बको चेक काट्नुपर्ने बाध्यता
सारांश
- आर्थिक वर्ष २०८१/८२ मा सरकारी खर्च भुक्तानीको अन्तिम दिन बुधबार हो।
- सरकारले मंगलबारसम्म ७८.८४ प्रतिशत मात्रै खर्च गरेको छ, संशोधित अनुमान १६ खर्ब ६२ अर्ब ३७ करोड रुपैयाँ छ।
- असार २४ गतेसम्म १४ खर्ब ६६ अर्ब ५८ करोड रुपैयाँ खर्च भएको छ, संशोधित लक्ष्य भेट्टाउन १ खर्ब ९५ अर्ब ७९ करोड भुक्तानी दिनुपर्ने देखिन्छ।
काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा सरकारी खर्चका लागि भुक्तानी गर्ने बुधवार अन्तिम दिन हो । महालेखा नियन्त्रक कार्यालयले असार २५ पछि चेक जारी गर्न सार्वजनिक निकायलाई निषेध गरेका कारण चालु वर्षमा भएका अत्यावश्यक बाहेकका खर्चको भुक्तानी बुधबारभित्र दिइसक्नुपर्छ ।
मंगलबारसम्म सरकारले ७८.८४ प्रतिशत मात्रै सरकारी खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि सरकारले बजेटमा १८ खर्ब ६० अर्ब ३० करोड खर्च गर्ने लक्ष्य लिएको थियो । योमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड रुपैयाँ खर्चको लक्ष्य थियो ।
यो बजेटमध्ये सरकारले १६ खर्ब ६२ अर्ब ३७ करोड रुपैयाँ खर्च हुने संशोधित अनुमान गरेको छ । त्यसमध्ये चालुतर्फ ८८.५ प्रतिशत अर्थात् १० खर्ब ९ अर्ब ४८ करोड, पुँजीगततर्फ ८३.४ प्रतिशत अर्थात् २ अर्ब ९३ करोड ८६ लाख र वित्तीय व्यवस्थातर्फ ९७.६ प्रतिशत अर्थात् ३ खर्ब ५८ अर्ब ४६ करोड खर्चको पछिल्लो अनुमान गरेको छ ।
यसमध्ये असार २४ गतेसम्म १४ खर्ब ६६ अर्ब ५८ करोड रुपैयाँ खर्च भएको छ । यसमध्ये चालुतर्फ ९ खर्ब ६४ अर्ब १ करोड, पुँजीगततर्फ १ खर्ब ८६ अर्ब ६१ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब १५ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । यो क्रमशः ८४.५१ प्रतिशत, ५२.९६ प्रतिशत र ८६.०३ प्रतिशत बराबर हो ।
संशोधित लक्ष्य भेट्टाउन आजै मात्र १ खर्ब ९५ अर्ब ७९ करोड रुपैयाँ बराबरको भुक्तानी दिनुपर्ने अवस्था देखिन्छ । यसमध्ये चालुतर्फ ४५ अर्ब ४७ करोड, पुँजीगततर्फ १ खर्ब ७ अर्ब २५ करोड र वित्तीय व्यवस्थातर्फ ४२ अर्ब ५० करोड रुपैयाँ खर्च गर्नु देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण