महिमानसिंह विष्टको रिट न्यायाधीश पोखरेलको इजलासमा
सारांश
- निलम्बित शाखा अधिकृत महिमान सिंह विष्टको रिट निवेदनमाथि बुधबार सुनुवाइ हुने भएको छ।
- विष्टले रेशम चौधरीलाई जेल चलान गर्न पत्र पठाएका थिए, र उनले दोहोरो कारबाहीको विरुद्ध रिट दिएका छन्।
- विष्टले आफूमाथि विभागीय कारबाही र फौजदारी मुद्दा चलाइएको भन्दै दुई कारबाही अन्यायपूर्ण भएको जिकिर गरेका छन्।
काठमाडौँ । सर्वोच्च अदालतका निलम्बित शाखा अधिकृत महिमान सिंह विष्टले दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि बुधबार पेसी तोकिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएको हो ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पुर्पक्षका लागि जेल चलान गर्न भन्दै अनधिकृत पत्र पठाएका विष्टले आफूमाथि दोहोरो कारबाही भएको भन्दै त्यसविरुद्ध रिट निवेदन दिएका हुन् ।
सर्वोच्च अदालतका सहरजिस्ट्रार अच्युत कुईकेलका अनुसार विष्टले आफूमाथि सर्वोच्च अदालतले विभागीय कारबाहीको प्रक्रिया अघि बढाएको र प्रहरीले समेत सरकारी छाप किर्तेमा फौजदारी मुद्दा चलाएका कारण एकै कसुरमा दुईतिर कारबाही गर्नु अन्यायपूर्ण भएको जिकिर रिट निवेदनमा गरेका छन् ।
विष्टले असार २२ गते दायर गरेको रिटको पहिलो सुनुवाइ हुन लागेको हो । २३ गते उक्त रिट निवेदन न्यायाधीश नहकुल सुवेदीको इजलासमा पेसी तोकिए पनि ‘हेर्न नमिल्ने’ भएको थियो । २४ गते प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेको उक्त रिट निवेदनलाई निवेदकले नै माग गरे बमोजिम सुनुवाइ स्थगित गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
-
‘हली’को ट्रेलरमा देश बनाउने र छाउप्रथाकाे कथा
-
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण