बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एप्स्टिन फाइल बाहिर ल्याउनु अमेरिका पार्टीको सर्वोच्च प्राथमिकता हुनेछ : मस्क

बुधबार, २५ असार २०८२, ११ : ३६
बुधबार, २५ असार २०८२

सारांश

  • एलन मस्कले 'अमेरिका पार्टी' नामक नयाँ राजनीतिक दलको घोषणा गरेका छन्, जसको मुख्य प्राथमिकता जेफ्री एपस्टाइनसँग सम्बन्धित फाइलहरू सार्वजनिक गर्नु हो।
  • मस्कले ट्रम्पलाई एपस्टाइन मुद्दामा प्रश्न गर्दै सामाजिक सञ्जालमा पोस्ट लेखेका थिए, जसले दुई बीचको सम्बन्धमा तनाव बढाएको छ।
  • जेफ्री एपस्टाइन एक धनी फाइनान्सर थिए, जसलाई नाबालिग केटीहरूको यौन दुर्व्यवहारको आरोप लागेको थियो र उनको मृत्यु जेलमा भएको थियो।

वासिङ्टन डीसी । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले ‘अमेरिका पार्टी’ नामको नयाँ राजनीतिक दलको घोषणा गरेका छन् ।  आफ्नो पार्टीको सबैभन्दा ठुलो प्राथमिकता जेफ्री एपस्टाइनसँग सम्बन्धित फाइलहरू बाहिर ल्याउनु भएको उनले भनेका छन् ।

ट्रम्पले जेफ्री एप्स्टिनसँग सम्बन्धित फाइलहरू सार्वजनिक गर्दैनन् भने मानिसहरूले उनलाई कसरी विश्वास गर्ने ? भन्दै उनले राष्ट्रपतिलाई प्रश्न गर्दै सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट लेखेका थिए । 

अर्काे पोस्टमा मस्कले ट्रम्प सरकारको खिल्ली उडाउँदै लेखेका छन्– ‘अहिले कति जनालाई पक्राउ गरिएको छ ? हेर, फेरि कोही पनि पक्राउ नपरेको समय आएको छ ।’ 

यस पोस्टमा उनले एउटा फोटो सेयर गरेका थिए । यसमा ‘आधिकारिक जेफ्री एप्स्टिन पेडोफाइल अरेस्ट काउन्टर’ लेखिएको थियो । मस्कले अहिलेसम्म नयाँ पार्टीको नीतिगत प्लेटफर्मको औपचारिक खाँका दिएका छैनन् ।

तर पार्टीको घोषणा गरेयता उनले सामाजिक सञ्जालमा आफ्नो केही भावी कदमबारे सङ्केत दिएका छन् । पछिल्लो समय ट्रम्प र मस्कबिच झगडा चलिरहेको छ । एप्स्टिन मामिलामा उनले ट्रम्पलाई कुरी कुरी गरिरहेका छन् भने ट्रम्पले पनि मस्कलाई गिज्याउन छाडेका छैनन् । 

को हुन् जेफ्री एपस्टाइन ?

जेफ्री एप्स्टिन एक धनी फाइनान्सर थिए  । उनलाई नाबालिग केटीहरूको यौन दुर्व्यवहार र बेचबिखन गरेको गम्भीर आरोप लागेको थियो । २०१९ मा मुद्दा चलिरहेको बेला उनी न्यूयोर्कको जेलमा मृत फेला परेका थिए ।

उनको मृत्युको बारेमा अझै पनि शंका र षड्यन्त्र सिद्धान्तहरू सुन्नमा आएका छन् । अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन र वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका पनि साथी एप्स्टिनमाथि सन १९९९ देखि २००७ को अवधिमा कयौँ किशोरीलाई दुर्व्यवहार गरेको आरोप लागेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप