खोलामा बाढीको जोखिम बढेपछि कास्कीका ग्रामीण सडकमा राति गाडी नचलाउन निर्देशन
सारांश
- कास्की जिल्ला प्रशासनले मनसुनको समयमा ग्रामीण सडकमा सवारी सञ्चालन समय निर्धारण गरेको छ।
- जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले १५ दिनका लागि समय तोकेको हो, जसले यात्रु र सवारी साधनको सुरक्षा गर्नेछ।
- सार्वजनिक तथा निजी सवारी साधनहरूले तोकिएको समयमा मात्र यात्रा गर्न पाउनेछन्, जसले गर्दा दुर्घटना कम हुनेछ।
पोखरा । मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम बढ्ने देखेपछि जिल्ला प्रशासन कार्यालय, कास्कीले ग्रामीण सडकहरूमा सवारी साधन सञ्चालनका लागि समय निर्धारण गरेको छ । बुधबारदेखि लागू हुने गरी १५ दिनसम्मका समय तोकिएको हो ।
असार २३ गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । बर्सातको समयमा हुन सक्ने सम्भावित क्षतिबाट यात्रु तथा सवारी साधनलाई जोगाउन यस्तो निर्णय बुधबार जारी सूचनामा उल्लेख छ ।
अब अत्यावश्यकबाहेकका सार्वजनिक तथा निजी सवारी साधनहरूले तोकिएको समयमा मात्र यात्रा गर्न पाउनेछन् । बैठकले विरेठाँटीबाट घान्द्रुक, विरेठाँटीबाट उल्लेरी र लुम्लेबाट लान्द्रुक जाने सवारी साधनहरू साँझ ५ बजेभित्र छुटिसक्नुपर्नेछ । उता घान्द्रुक, उल्लेरी र लान्द्रुकबाट विरेठाँटी र लुम्लेतर्फ आउने सवारी साधनहरूले भने बिहान ५ बजेपछि मात्र यात्रा गर्न पाउनेछन् ।
यस्तै, काहुँखोलाबाट ताङ्तिङ जाने सवारी साधनहरूले साँझ साढे ४ बजेभित्र प्रस्थान विन्दु छाडिसक्नुपर्नेछ । ताङ्तिङबाट काहुँखोला फर्कने सवारी साधनहरूले बिहान ५ बजेपछि मात्र चल्न पाउनेछन् । सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालद्वारा जारी सूचनामा सबैलाई तोकिएको समय-तालिका पालना गर्न आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण