पोखरीमा डुबेका व्यक्तिको सकुशल उद्धार
बुधबार, २५ असार २०८२, १३ : ०३
सारांश
- जनकपुरधाम उपमहानगरपालिका-३ मा धनुष सागर पोखरीमा एक व्यक्ति डुबेका थिए।
- मानसिक सन्तुलन ठीक नभएका २० वर्षीय गणेश मण्डल पौने १ बजे पोखरीमा हामफाले।
- सशस्त्र प्रहरीले राति १ बजे ती व्यक्तिको सकुशल उद्धार गरेको छ।
काठमाडौँ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–३ स्थित धनुष सागर पोखरीमा डुबेका व्यक्तिको बुधवार राति करिब १ बजे सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
सोही उपमहानगरपालिका–२५ लोहना बस्ने २० वर्षीय गणेश मण्डल राति पौने १ बजे उक्त पोखरीमा हामफाली डुबेका थिए । उनको मानसिक सन्तुलन ठिक नभएको बताइएको छ ।
सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस जनकपुरबाट सशस्त्र प्रहरी निरीक्षक बाबुकाजी कटवालको कमान्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले उनको सकुशल उद्धार गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण