आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भिनाजुको हत्या गरेको अभियोगमा पक्राउ

बुधबार, २५ असार २०८२, १३ : २७
बुधबार, २५ असार २०८२

सारांश

  • धनुषामा चक्कु प्रहार गरी फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
  • जनकपुरधाम उपमहानगरपालिकामा पारिवारिक झगडाका कारण एक व्यक्तिले आफ्नै ससुराको हत्या गरेका थिए।
  • प्रहरीले अभियुक्तलाई धनुषाको खजुरी रेल्वे स्टेशनबाट पक्राउ गरेको हो।

धनुषा । चक्कु प्रहार गरी हत्या गरी फरार प्रतिवादीलाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । 

धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १५ बस्ने वर्ष ६५ का वासुदेवप्रसाद साहलाई उनकै नाताका ज्वाइँ पर्ने वर्ष ५५ को बेचन महासेठले हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । प्रतिवादी बेचन महासेठ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ मा बस्ने गरेका थिए । पारिवारिक झैझगडाका कारण हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । 

महासेठ आफ्नै ससुरा वासुदेवमाथि पनि चक्कु प्रहार गरी फरार भएका थिए । महासेठलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले जनकनन्दनी गाउँपालिकास्थित खजुरी रेल्वे स्टेशनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिए । 

प्रहरीकाअनुसार महासेठले गत असार १८ गते पारिवारिक विवादका कारण रिसइबीमा आफ्नै ससुराको पेटमा चक्कु प्रहार गरी हत्या गरेका थिए । 

प्रहरी अनुसन्धानका क्रममा घटनास्थलमा प्रयोग गरिएको स्टिलको चक्कु र अभियुक्तले प्रयोग गरेको मधेस प्रदेश ०२–००७ प. ९९३२ नम्बरको रातो–कालो रङको होन्डा स्कुटर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप