क्षति
भोटेकोशी नदीमा बाढी : यस्तो छ तीन जलविद्युतमा पुर्याएको क्षतिको विवरण
बुधबार, २५ असार २०८२, १५ : ५३
काठमाडौँ । चीनतर्फबाट मंगलबार भोटेकोशी नदीमा आएको बाढीका कारण नेपाल विद्युत प्राधिकरणका जलविद्युत् आयोजनामा भएको क्षति विवरण सार्वजनिक गरेको छ ।
रसुवागढी जलविद्युत् आयोजनाको हेडवक्र्स पूर्णरूपमा क्षति भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार चिलिमे जलविद्युत आयोजनाको टेलरेसबाट पानी छिरेको छ ।
त्यस्तै, त्रिशूली–३ बी हब सबस्टेसनमा खोलाले धार परिवर्तन गरी सबस्टेसनभित्र छिरेको र हालसम्म १३२ केभीको बेलगायत संरचनामा क्षति पुगेको प्राधिकरणले जनाएको छ । त्रिशूली–३ ए जलविद्युत आयोजनाको ड्याम साइटको दुई वटा गेटमा क्षति पुगेको छ ।
त्रिशूली करिडोरको त्रिशुली–३ ए, देवीघाट, रसुवागढी , त्रिशूली लगायत निजी क्षेत्रको अपर मैलुङ टाडी गरी लगभग २ सय ५० मेगावाट विद्युत् प्रणालीबाट विच्छेद भएको प्राधिकरणले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण