काठमाडौँ टावरको काम नरोक्नू : उच्च अदालत
सारांश
- उच्च अदालत पाटनले काठमाडौँ टावरको काम नरोक्न अन्तरिम आदेश दिएको छ।
- काठमाडौँ महानगरपालिकाले नक्सा पास प्रक्रिया मिचेको भन्दै छानबिन समिति बनाएको थियो।
- मेयर बालेन्द्र शाहले गुरागाईँमाथि छानबिन गर्न समिति बनाएका थिए।
काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौँ टावरको काम नरोक्न अन्तरिम आदेश दिएको छ । टावरका ठेकेदार मनोजकुमार भेटवालले काठमाडौँ महानगरपालिकालाई विपक्षी बनाउँदै दायर गरेको रिटमा साेमबार उच्चले अन्तरिम आदेश जारी गरेको हो ।
काठमाडौँ महानगरपालिकाले निर्माणाधीन टावरको नक्सा पास प्रक्रियाबाहिर गएर गरिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँमाथि छानबिन समिति बनाएको थियो । उक्त विवादले अहिलेसम्म महानगरपालिका राम्रोसँग सञ्चालन हुन सकेको छैन भने यता टावरको काम पनि रोकिएको थियो ।
टावर निर्माणका लागि १२ तलाको अनुमति लिएकोमा प्रमुख प्रशासकीयले १९ तलाको अनुमति दिएको भन्दै मेयर बालेन्द्र शाहले गुरागाईँमाथि छानबिन गर्न समिति बनाएका थिए । सोमबार जारी अन्तरिम आदेशमा नक्सा पासको मिति फरक परेपछि भेटवालले मंगलबार त्रुटि सच्याउन निवेदन दिएका थिए ।
उक्त निवेदनमा न्यायाधीश प्रकाश खरेलको इजलासले बुधबार माग बमोजिम त्रुटि सच्याउन आदेश गरेको सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण