फिल्मका लागि सट दिँदै गर्दा थानेश्वर ढलेपछि...
सारांश
- संगीकार थानेश्वर गौतम फिल्म 'जनै हराएको मान्छे' को सेटमा गीतको सुटिङका क्रममा ढले।
- निर्माताका अनुसार, उनको प्रेसर लो भएको थियो, तर डाक्टरको उपचारपछि उनी सामान्य भए।
- फिल्म आगामी भदौ ६ गते रिलिज हुनेछ, जसमा विजय बराल, केकी अधिकारी लगायतका कलाकार छन्।
काठमाडौँ । संगीकार समेत रहेका गजल गायक थानेश्वर गौतम फिल्म सेटमै ढलेका छन् । फिल्म ‘जनै हराएको मान्छे’ को एक गीतमा सट दिँदै गर्दा उनी ढलेका हुन् । फिल्मका लागि मंगलबार राती बुढानीलकण्ठको एक ब्यांक्वेटमा ‘आधा आधी सपनाहरू भइदिएन पुरा’ बोलको गीत गाएर सट दिँदै गर्दा उनी ढल्न पुगेका निर्माता विमल न्यौपानेले बताए ।
‘फिल्म रहेको ‘आधाआधी सपनाहरू भइदिएन पुरा’ गीतको प्रमोसनल भिडियो उहाँलाई राखेर बनाउन छायाङ्कन भइरहेको थियो’, निर्माता न्यौपानेले भने– ‘उहाँको प्रेसर लो भएको छ । तुरुन्तै सेटमा डाक्टर बोलाएर उपचार गर्दा नर्मल भयो ।’ सेटमा बिहानैदेखि केही नखाएका कारण उनलाई त्यस्तो भएको हुन सक्ने निर्माताले अनुमान लगाए ।
‘केही समयपछि होसमा आएपछि उहाँले फेरि छायाङ्कन गर्नुभयो’ न्यौपानेले थपे । फिल्म हरितालिका तीजको छेको पारेर आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, आरुस भुसाल, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतको अभिनय रहेको छ ।
हिमाल न्यौपाने निर्देशक रहेको फिल्म पेपरक्लिपको ब्यानरमा निर्माण भएको हो । फिल्मका निर्माताहरू कमल न्यौपाने र विमल न्यौपाने रहेका छन् । कार्यकारी निर्मातामा नारायण तिमल्सेना, चूडामणि शिवाकोटी, आरके मानन्धर, सीआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् । नवीन गुरुङको डीओपी र कृष्ण परियारको सिने मेटोग्राफी रहेको फिल्ममा भानुभक्त ढकालको लेखन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण