परराष्ट्रले भन्याे– प्रधानमन्त्रीको भ्रमणका सम्बन्धमा उठेका विषय भ्रामक र आधारहीन हुन्, विश्वास नगर्नुस्
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका विषयमा प्रश्न उठेपछि परराष्ट्र मन्त्रालयले प्रष्टीकरण दिएको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै भ्रमणको विषयमा उठेका विषयहरु भ्रामक र आधारहीन भएकले विश्वास नगर्न भनेको छ ।
स्पेनको सेभिया सहरमा आयोजित “विकासका लागि वित्त" चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिमण्डलका विषयमा देखिएका केही भ्रामक तथा तथ्यहीन सामग्रीप्रति परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण भएको छ । सम्मेलनमा नेपालको सहभागिता, विभिन्न सत्रमा नेपालको सक्रिय नेतृत्व र योगदान साथै द्विपक्षीय तथा बहुपक्षीय भेटघाट र उपलब्धिहरूसम्बन्धी विस्तृत विवरणहरू परराष्ट्र मन्त्रालय र अन्य आधिकारिक स्रोतहरूबाट पहिले नै सार्वजनिक भइसकेका छन्,'विज्ञप्तिमा भनिएकाे छ,तसर्थ, सर्वथा भ्रामक र आधारहीन सामग्रीमा विश्वास नगर्न र यस्ता गलत प्रचारप्रति सजग रहन सम्बन्धितत सबैलाई हार्दिक अनुरोध गरिएको छ ।'
प्रधानमन्त्रीसँग भ्रमणको बहानामा गएकाहरु नफर्किएको भन्दै संसद्मै प्रश्न उठाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण