बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शैक्षिक गतिविधिहरू ठप्प पार्ने प्राध्यापकहरूको निर्णय

बुधबार, २५ असार २०८२, २० : २४
बुधबार, २५ असार २०८२

सारांश

  • इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापकहरूले स्वायत्तताको माग गर्दै शैक्षिक गतिविधि ठप्प पार्ने निर्णय गरेका छन्।
  • प्राध्यापकहरूले २०५५ सालदेखि कार्यान्वयनमा रहेको विकेन्द्रीकरण र स्वायत्तता सुनिश्चित गर्न माग गरेका छन्।
  • माग सुनुवाइ नभएपछि सामूहिक राजीनामा दिने र शैक्षिक गतिविधि बन्द गर्ने निर्णय गरिएको छ।

काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तताको माग गर्दै आन्दोलनरत प्राध्यापकहरूले सम्पूर्ण शैक्षिक गतिविधिहरू ठप्प पार्ने निर्णय गरेका छन् । 

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ–इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका इकाईहरूले बुधबार संयुक्त रूपमा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पत्रकार सम्मेलन गर्दै आफ्ना माग पुरा नभएको भन्दै सम्पूर्ण शैक्षिक गतिविधिहरू ठप्प पार्ने निर्णय गरेको जनाएको हो ।

उनीहरुले इन्जिनियरिङ अध्ययन संस्थानमा २०५५ सालदेखि कार्यान्वयनमा रहेका विकेन्द्रीकरण र स्वायत्तताको निरन्तर सुनिश्चित गर्नुपर्ने र संस्थाको आर्थिक, शैक्षिक र प्रशासनिक स्वायत्ततामाथि गरिने कुनै पनि प्रकारको हस्तक्षेप तुरुन्त खोज गर्नुपर्ने माग राखेका छन् ।

आफ्ना मागका बारेमा उपकुलपतिको कार्यालयमा ध्यानाकर्षण माग पत्र बुझाएर कालोपट्टीसहिको धर्ना कार्यक्रम गर्दा पनि मागका बारेमा सुनुवाइ नभएकाले इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत विभिन्न पदमा कार्यरत पदाधिकारीबाट सामूहिक स्वैच्छिक राजीनामाका साथै सम्पूर्ण शैक्षिक गतिविधिहरू बन्द गर्ने निर्णय गरिएको प्रा.डा. सङ्गीता सिंहले जानकारी दिइन् । 

इन्जिनियरिङ शिक्षाको गुणस्तर र गरिमा बचाउने काममा आफू निरन्तर लाग्ने उनीहरुले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप