टापुमा फसेका दुई जनाको सकुशल उद्धार
बुधबार, २५ असार २०८२, २० : २६
डडेल्धुरा । यहाँको परशुराम नगरपालिका वडा नम्बर ६ र ७ को सीमानामा रहेको साँदनी खोलाको बीच टापुमा फसेका दुई जनाको असार २५ गते सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
उद्धार गरिएकाहरुमा सोही नगरपालिका ६ बस्ने १२ बर्षिया रितु भारती र २५ बर्षिया भुवनेश्वरी सिँह छन् ।
उनीहरु बुधबार दिउँसो बाख्रा चराउन गएको बेला अविरल बर्षाको कारण उक्त खोलामा पानीको बहाव बढ्न गई खोलाको बीच टापूमा फसेका थिए ।
सो लगत्तै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट तातोपानी र साँदनीबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले उनीहरुको सकुशल उद्धार गरेको हो । उनीहरुको अवस्था भने सामान्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुधन गुरुङ गृहमा फर्किए, तर छानबिन प्रतिवेदन गुपचुप राखियो
-
रास्वपा कर्णाली अधिवेशन : उपसभापतिसहित पदाधिकारी र सदस्य चयन
-
जी–७ सम्मेलनमा सहभागी नेताहरूको अनौपचारिक कुराकानी बाहिरियो, कस्ता विषयमा कुरा गरे ?
-
रास्वपाका प्रतिनिधिले पार्टीलाई ५ हजार शुल्क तिर्नुपर्ने, महँगो भएको गुनासो
-
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन
-
एमाजनलाई उछिनेर विश्वको पाँचौं मूल्यवान कम्पनी बन्यो स्पेसएक्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण