बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

दुर्गेश र सिसनको गीत रिलिज भएको ६ घण्टामै दुई नम्बर ट्रेन्डिङमा

बिहीबार, २६ असार २०८२, ०० : २६
बिहीबार, २६ असार २०८२

सारांश

  • दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत रिलिज भएको ६ घण्टामै युट्युब ट्रेन्डिङमा परेको छ।
  • दुर्गेशले ‘जाने भए जाम माया’ बोलको गीत आफ्नो अफिसियल च्यानलबाट बुधबार रिलिज गरेका थिए।
  • दुर्गेश र सिसनको सहकार्य रहेको गीतमा गुराँस नानी र अल्हाजी गेराेको पनि साथ रहेको छ।

काठमाडौँ । दुर्गेश थापा र सिसन बानियाँको स्वर रहेको नयाँ गीत  रिलिज भएको ६ घण्टामै युट्युब ट्रेन्डिङमा दुई नम्बरमा परेको छ। 

दुर्गेशले ‘जाने भए जाम माया’ बोलको गीत बुधबार साँझ आफ्नो अफिसियल च्यानलबाट बुधबार रिलिज गरेका थिए । 

पहिलो पटक दुर्गेश र सिसनले सहकार्य गरेको गीत युट्युब म्युजिकमा ट्रेन्डिङमा परेको हो । यस गीतमा दुर्गेशले सिसनका साथै गुराँस नानी र अल्हाजी गेराेलाई पनि साथमा लिएका छन् ।

यो समाचार तयार पार्दा गीतको भ्यूज ७ लाख ७० हजारभन्दा बढी पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप