काठमाडौँ महानगर ठप्प : भुक्तानीको दिन रातभर काम, वायरिङले विद्युत् भार थेग्न सकेन
सारांश
- काठमाडौँ महानगरपालिकाको कार्यालयमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा सेवा प्रवाह ठप्प भएको छ।
- आन्तरिक वायरिङमा समस्या र विद्युत् भार बढेका कारण यस्तो समस्या आएको हो।
- प्राविधिक टोलीले मर्मत कार्य गरिरहेको र छिट्टै कार्यालय सुचारु हुने बताइएको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यालय ठप्प भएको छ । महानगरमा विद्युत् सप्लाई बिग्रिँदा सबै काम रोकिएको हो ।
महानगरको विद्युतीय प्रणालीले भार थेग्न नसक्दा सेवा प्रवाह ठप्प भएको छ । महानगरका एक कर्मचारीका अनुसार आन्तरिक वायरिङमा समस्या आउँदा विद्युत् प्रणाली रोकिएको हो ।
‘प्लाजामा रहेको महानगरको कार्यालय रहेको भवन पहिले दुई वटा छुट्टाछुट्टै बिल्डिङको रूपमा सञ्चालनमा थियो । अहिले जोडेर एउटै कार्यालय बनाइएको हो । पहिले प्लाजामा बस्नेहरूले आ–आफ्नो आवश्यकता अनुसार छुट्टाछुट्टै वायरिङ गरेकोमा हाल एउटै कार्यालय सञ्चालन हुँदा विद्युत् भार बढेको थियो,’ ती कर्मचारी भन्छन् ।
हिजो भुक्तानीको अन्तिम दिन कार्यालयमा ढिलोसम्म काम हुँदा कम्प्युटर, एसी, र बत्तीहरू एकैसाथ चल्दा पुरानो वायरिङ प्रणालीले लोड धान्न नसकेको उनले भने । ‘विद्युतीय लोड ब्यालेन्स नमिलेर समस्या आएको हो ।’
हाल प्राविधिक टोलीले वायरिङ मर्मतको काम गरिरहेको र छिट्टै नै कार्यालयको काम पूर्ण रूपमा सुचारु हुने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण