जसपा नेपालको केन्द्रीय परिसंघले राजधानीमा बृहत् अन्तरक्रिया गर्दै
सारांश
- जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय परिसंघले काठमाडौंमा बृहत् अन्तरक्रिया कार्यक्रम गर्दैछ।
- कार्यक्रममा उपेन्द्र यादवसहित विभिन्न समुदायका वक्ताहरूको सहभागिता रहनेछ।
- कार्यक्रमको उद्देश्य नागरिक अधिकार, समानता र सामाजिक न्यायका लागि संयुक्त सङ्घर्ष गर्नु हो।
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय परिसंघ (डोटिम) ले राजधानीमा बृहत् अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
शनिबार दिउँसो १२ बजे काठमाडौँको डिल्लीबजार कालिकास्थान स्थित अमृतभोग पार्टी प्यालेसमा जसपा नेपालनिकट डोटिम परिसंघले देशका सबै सीमान्तकृत, अल्पसङ्ख्यक, उत्पीडित समुदायको सहभागितामा बृहत् अन्तरक्रिया गर्न लागेको पार्टी अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जनाएको छ ।
प्रमुख वक्ता रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उक्त अन्तरक्रियाको उद्घाटन गर्ने कार्यक्रम छ । दलित, पिछडा वर्ग, थारु, आदिवासी, मुस्लिम अल्पसङ्ख्यक गरी सबै उत्पीडित समुदायलाई समेटेर गठन गरिएको केन्द्रीय परिसंघको प्रत्येक क्लष्टरबाट एक–एक जना वक्ता रहेका छन् ।
उक्त कार्यक्रममा दलित, थारु, महिला, आदिवासी जनजाति, पिछडा वर्ग, मुस्लिम र अल्पसङ्ख्यक समुदायसँग सम्बन्धित नेतृत्व, सङ्घ–संस्था तथा व्यक्तित्वहरूको सक्रिय सहभागिता रहने जनाइएको छ ।
जसपा नेपालले नागरिक अधिकार, समानता, स्वतन्त्रता र सामाजिक न्यायको प्राप्ति, आर्थिक, सामाजिक–सांस्कृतिक भेदभाव, असमानता र उपेक्षाको अन्त्यका लागि संयुक्त सङ्घर्ष गर्ने उद्देश्यले केन्द्रीय परिसंघको ब्यानरमा बृहत् अन्तरक्रियाको आयोजना गरिएको बताइएको छ ।
केन्द्रीय परिसंघले हालै सार्वजनिक गरेको अवधारणा पत्रमा दलित, आदिवासी जनजाति, पिछडा वर्ग, थारु, मुस्लिम, अल्पसङ्ख्यक समुदाय र महिलामाथि भइरहेको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक र राजनीतिक असमानता, विभेद, शोषण र उत्पीडन अन्त्यका लागि संयुक्त रूपमा सङ्घर्ष गर्ने उल्लेख गरिएको छ ।
सीमान्तकृत उत्पीडित समुदायहरूको राष्ट्रिय पहिचानको मान्यता, जनसङ्ख्याका आधारमा प्रतिनिधित्व, मानव अधिकारको प्रत्याभूति, सबैलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, समानता र सामाजिक न्याय सुनिश्चित गर्न देशव्यापी सङ्घर्षमा उत्रिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण